उड्डयन शिक्षाका विद्यार्थीद्वारा विमानस्थलको स्थलगत अवलोकन भ्रमण

पोखरा । युनाईटेड कम्युनिटी नेपाल (युनिकन) ले अमेरिकामा अवस्थित एरोस्टार एभिएन इन्स्टिच्युटको प्राविधिक सहयोगमा पोखराका दुई वटा सामुदायिक विद्यालय (कालिका र सिद्ध माध्यमिक) मा विगत तीन महिनादेखि नमूना परियोजनाको रुपमा विद्यालयस्तरमा पहिलोपटक उड्डयन शिक्षा सञ्चालन गर्दै आइरहेको छ ।
उक्त कार्यक्रम यस शैक्षिक सत्रभरि दुवै विद्यालयमा सञ्चालन हुनेछ र कार्यक्रमबाट कक्षा ८ र ९ का ६३ जना विद्यार्थीहरु प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । यसै कार्यक्रम अन्तर्गत सहभागी विद्यार्थीलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अध्ययन अवलोकन भ्रमण गराइएको छ ।

उक्त भ्रमणमा कालिका माध्यमिक विद्यालय, पोखरा–१० का ३७ विद्यार्थी र दुई जना शिक्षकको सहभागिता रहेको थियो भने सिद्ध माध्यमिक विद्यालय, पोखरा–१५ का २६ जना विद्यार्थी र एक जना शिक्षकको सहभागिता रहेको थियो ।
भ्रमणको क्रममा विमानस्थलका महाप्रबन्धक देवचन्द्र लाल कर्णले विद्यार्थी भाइबहिनीहरुलाई विमानस्थलको बारेमा संक्षिप्त जानकारी दिनुका साथै उड्डयन शिक्षाको महत्व तथा विश्वव्यापी आवश्यकताको बारेमा जानकारी दिँदै उनीहरुलाई हौसला प्रदान गरेका थिए ।
भ्रमणको क्रममा विद्यार्थीले अन्तर्राष्ट्रिय टर्मिनलको सम्पूर्ण अवलोकन गर्ने अवसर पाएका थिए । भ्रमणको सहजीकरण वरिष्ठ अधिकृत सिमा वाग्ले बराल र प्रहरी हवल्दार विमलराज बस्ताकोटीद्वयले गरेका थिए । साथै संस्थाको तर्फबाट भ्रमणको नेतृत्व उक्त कार्यक्रमको स्रोतव्यक्ति नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व उपमहानिर्देशक देवेन्द्र के.सी.ले गरेका थिए ।
उक्त कार्यक्रममा सहभागी विद्यार्थीले भ्रमणको अवसरबाट विभिन्न ज्ञान, अनुभव र सूचना प्राप्त गरेको र जसका कारण आगामी दिनमा यस क्षेत्रमा अघि बढ्न प्रेरणा प्राप्त भएको कुरा बताएका थिए ।

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.