जीवन ज्याेतिमा बालिका शिक्षा कार्यक्रम

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ मा रहेकाे जीवन ज्याेति माध्यमिक बिद्यालयमा बालिका शिक्षा कार्यक्रम सञ्चालन हुने भएकाे छ ।

यसअघि रूम टु रिड र एकिकरण नेपाल काे सहयाेगमा पालुङटारका ३ बिद्यालयहरूमा सञ्चालन हुँदै अाइरहेकाे बालिका शिक्षा कार्यक्रम यसबर्षदेखि थप ३ बिद्यालयमा लागु गरिएकाे बालिका शिक्षा कार्यक्रमकी ज्याेति अाचार्यले बताउनुभयाे । उहाँका अनुसार यस बर्षदेखि पालुङटारकाे जीवन ज्याेति मा.वि., बालकल्याण मा.वि.र अकला मा.वि थप गरिएकाे हाे । यस बर्ष कक्षा ६ मा अध्ययनरत बालिकाहरूका लागि कार्यक्रम शुरू गरिने र ती बालिकाहरू कक्षा १२ उत्तीर्ण हुँदासम्म निरन्तर बिभिन्न तरिकाबाट सहजीकरण गरिने पनि उहाँले बताउनुभयाे ।

जिवन ज्याेति माध्यमिक बिद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं पालुङटार नगरपालिका वडा नं. ७ का वडाध्यक्ष अर्जुन बहादुर कुमालकाे अध्यक्षतामा बिद्यालयमा बिद्यालय व्यवस्थापन समिति, शिक्षक स्टाफ, अभिभावकहरू तथा रूम टु रिडका कर्मचारीहरू र एकिकरण नेपालका कर्मचारीहरूकाे अाज बसेकाे संयुक्त बैठकमा बाेल्दै बालिका शिक्षा कार्यक्रमकी संयाेजक टिका चाैधरीले कार्यक्रमकाे माेडालिटीका बारेमा जानकारी गराउनुभएकाे थियाे ।

छलफलका क्रममा उठेका प्रश्नहरूकाे जवाफ दिंदै रूम टु रिडका प्रतिनिधी दिल बहादुर धामीले यसकाे प्रभावकारी कार्यान्वयनका लागि सबै पक्षले सहयाेग गर्नुपर्ने बताउनुभयाे ।

साे कार्यक्रम अन्तर्गत गाेरखा जिल्लाका बिभिन्न बिद्यालयहरूमा कक्षा १ र २ का बालबालिकाहरूका लागि साक्षरता कार्यक्रम तथा कक्षा ६ माथिका बालिकाहरूका लागि बालिका कार्यक्रम  सञ्चालन गरिरहेकाे छ ।

जीवन ज्याेति मा.वि. पालुङटारमा धेरै बिद्यार्थी संख्या हुने बिद्र्यालयहरूमध्येकाे एक हाे, जसमा बालकक्षादेखि कक्षा १२ सम्म करिब १ हजार बिद्यार्थीहरू अध्ययनरत छन् ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.