माघ ४; गोरखा।
गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ मा रहेको च्याङली बचत तथा ऋण सरकारी संस्थाले शेयर सदस्य को निधनमा किरिया खर्चबापत रु 10,000 निशुल्क सहयोग गरेको छ ।
शेयर सदस्य निधनमा च्याङली बचत तथा ऋण सहकारी संस्था लिमिटेड क्रिया खर्च वापत रु 10 हजार प्रदान गरेको छ । संस्थाको सदस्य कमला कुमालको निधन पश्चात आज संस्थाका अध्यक्ष वसन्तकुमार श्रेष्ठ सहित संस्थाका पदाधिकारीहरूको उपस्थितिमा समवेदना पत्र र किरिया खर्च बापत नगद रकम प्रदान गरिएको हो । निजको घरमै पुगी समवेदना व्यक्त गर्दै संस्थाका अध्यक्ष श्रेष्ठसहित कोषाध्यक्ष इश्वर कुमार श्रेष्ठ, सदस्य रबिन्द्र कडेल र आनन्दराज सिलवाल, कार्यालय व्यवस्थापक अम्बिका देवी श्रेष्ठ लगायतकाको उपस्थिति रहेको थियो । कुमालको गत माघ १ गते असामयिक निधन भएको थियो।
संस्थाले विगत केही वर्षअघदेखि कोही सदस्य को निधन भएमा नगद १० हजार किरिया खर्चबापत उपलब्ध गराउँदै आएको छ ।