भाद्र २२ पालुङटार / रबिन्द्र कँडेल
गाेर्खाकाे पालुङटारकाे बिरुवाटारमा शनिबार भएकाे लाखे नाच प्रतियोगितामा डुम्रे नेवा पुच, डुम्रे प्रथम बनेकाे छ भने प्रथम पुरस्कार नगद रु ३० हजार र प्रमाणपत्र हात पारेकाे छ ।
लिगलिग आप पिपल नेवा समाजले द्वितीय स्थान हासिल गर्दै नगद रु २० हजार र प्रमाणपत्र प्राप्त गरेकाे छ भने च्याङ्ली काठमाडौँ सम्पर्क समाज काठमाडौँ तृतीय हुन सफल भएकाे छ । तृतीय पुरस्कार नगद रु १० हजार र प्रमाणपत्र र नेवारे गुठी समाज सिरानचोक सान्त्वना हुँदै नगद रु ५ हजार र प्रमाणपत्र पाएकाे छ । त्यसैगरी झ्यालिन्चा अर्थात् लाखे जिस्क्याउने कला तर्फ धुवाँकोट नेवा समाज पालुङ्टार ८ सर्वोत्कृष्ट हुँदै २ हजारकाे साथमा प्रमाणपत्र प्राप्त गरेकाे छ । पालुङटार नगरपालिकाका मेयर विवश चिन्तन र वडा नं ७ का अध्यक्ष अर्जुन बहादुर कुमालले विजेता समूहलाई पुरस्कार वितरण गर्नु भएकाे थियाे ।
पालुङटार नगरपालिकाका नगरप्रमुख विपश्चिम ले प्रमुख अतिथिको रुपमा बोल्दै हामीले परम्परालाई धान्ने मात्र नभई पुस्ता हस्तान्तरणका साथै उत्पादन तथा परम्परागत सम्पदाहरूको संरक्षणमा जोड दिनुपर्ने बताउनुभएको थियो सोही क्रममा उहाँले असोज १७ गतेदेखि २२ गतेसम्म हुन लागिरहेको महोत्सवमा स्थानीय उत्पादन तथा वस्तुहरूको स्थल राख्न समेत जातीय समुदायहरूलाई अनुरोध समेत गर्नुभएको थियो।
च्याङ्ली नेवा देय दबु पालुङटार नगरपालिका वडा नम्बर ७ का अध्यक्ष गणेशलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पालुङटार नगरपालिकाका विभिन्न वडाहरू सहित गोरखाका अन्य स्थानीय निकायहरू तथा तनहुँका विभिन्न स्थानहरूबाट १५ वटा लाखे समूहहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन बसन्त कुमार श्रेष्ठले गर्नुभएको थियो भने स्वागत मन्तव्य छवि श्रेष्ठले गर्नुभएको थियो। उक्त कार्यक्रममा प्रथम पुरस्कार प्रायोजक च्याङ्ली काठमाडौँ सम्पर्क समाज, द्वितीय पुरस्कार प्रायोजक प्रताप श्रेष्ठ, तृतीय पुरस्कार प्रायोजक प्रेम श्रेष्ठ र शान्तवना पुरस्कार प्रायोजक बिनोद श्रेष्ठ सहित सहयोगी दाताहरुलाई सम्मान पत्र समेत प्रदान गरिएको थियो ॥
अकला माविमा भूपु विद्यार्थी समाजले चिज गुरुङ र मन्जु बिक लाई नचाउनुसम्म नचाएहेर्नुहोस् भिडियो सहित
हेर्नुहोस् भिडियो सहित गोर्खाको पालुङटार नगरपालिका वडा नं ८ धुवाकोटस्थित अकाला माध्यमिक विद्यालयमा आज अकला मावि भूपू विद्यार्थी समाज ले एक कार्यक्रम गरी चिज गुरुङ,