गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा वडास्तरीय महिला सञ्जालको आयोजनामा आज सम्पन्न भएको तीज गीत प्रतियोगितामा सिर्जना महिला समूह प्रथम भएको छ।
कोठाभित्रका नौ टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम स्थान हासिल गरी नगद रु १० हजार र प्रमाणपत्र हात पार्न सिर्जना महिला समूह माझी गाउँ सफल भएको हो। त्यस्तैगरी सक्रिय महिला समूह बिरुवाटार ले द्वितीय स्थान हासिल गरी नगद रु ७ हजार र प्रमाणपत्र हात पारेको छ। प्रतियोगितामा नवज्योति महिला समूह ले तृतीय स्थान हासिल गरी नगद रु ५ हजार र प्रमाणपत्र हात पारेको थियो भने जीवनज्योति माध्यमिक विद्यालय र नव जागृति महिला समूह फेदिले नगद रु ३ हजार र प्रमाणपत्र हात पारेका छन् ।
नेपाली मौलिक संस्कृति संरक्षणमा हरितालिका तीजको महत्व विषयक तीज गीत प्रतियोगिता वडा नम्बर ७ का वडा महिला सञ्जाल अध्यक्ष उषा पाण्डेको अध्यक्षतामा सम्पन्न भएको प्रतियोगितात्मक कार्यक्रममा पालुङटार नगरपालिकाका नगरप्रमुख विपश्चिन्तन ले प्रमुख अतिथिको रुपमा बोल्दै आफू निर्वाचित भएदेखि हालसम्म यस वडामा भएका महत्वपूर्ण कामहरूको समेत सम्झना गर्दै हरितालिका तीज को शुभकामना व्यक्त गर्नुभएको थियो। सु अवसरमा बोल्दै उहाँले आफू निर्वाचित भएपछि यस वडा नम्बर ७ को डोटी पिपल स्थित उकालो बाटोलाई प्रमुख प्राथमिकतामा राखेर ढलान गरी सहज पारेको पनि बताउनुभयो त्यस्तैगरी यसै आर्थिक वर्षभित्र बिरुवाटार बजार क्षेत्रसम्म नगरकै बजेटले कालोपत्रे गर्ने समेत बताउनुभयो। सोही अवसरमा बोल्दै उहाँले पन्त तगारादेखि आहालेवरर हुँदै रातमाटे जाने बाटो र नयाँ पुलबाट अन्ततगरासम्मको बाटो लगायतका धेरै सडकहरुमा छिट्टै काम सुरु हुने बताउनुभयो त्यस्तैगरी कार्यक्रममा विशिष्ट अतिथिको रुपमा पालुङटार नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष अर्जुनबहादुर कुमाल कार्यपालिका सदस्य पम्फा विक लगायतकाले शुभकामना मन्तव्य राखेका थिए महिला सञ्जालकी सचिव सुशिला श्रेष्ठले संचालन गर्नुभएको उक्त कार्यक्रममा संजालकी सदस्य कोपिला सुनारले स्वागत मन्तव्य राख्नुभएको थियो।
अकला माविमा भूपु विद्यार्थी समाजले चिज गुरुङ र मन्जु बिक लाई नचाउनुसम्म नचाएहेर्नुहोस् भिडियो सहित
हेर्नुहोस् भिडियो सहित गोर्खाको पालुङटार नगरपालिका वडा नं ८ धुवाकोटस्थित अकाला माध्यमिक विद्यालयमा आज अकला मावि भूपू विद्यार्थी समाज ले एक कार्यक्रम गरी चिज गुरुङ,