नेपालवार इकाइ तनहुँद्वारा तनहुँ जिल्ल अदालतमा अनिश्चित कालीन धर्ना


शंकरराज नहर्की। तनहुँ १७ भदौ २०८१ सोमवार ।

नेपालबार इकाई दमौली ,तनहुँले तनहुँ जिल्ला अदालतमा आजबाट अनिश्चितकालीन धर्ना सुरु गरेको छ।
इकाईले तनहुँ जिल्ला अदालतको मुख्य गेटमा न्यायपरिषद् नियमावलीमा भएको गैर संवैधानिक र गैरन्यायिक संशोधन तत्काल खारेज गर्नुपर्ने, गैर संवैधानिक संशोधित नियमावली बमोजिम न्यायाधीश नियुक्ति र न्यायालयमा व्याप्त भ्रष्टाचार  ,विकृति  ,विसंगति अन्त्य गरी न्यायिक स्वच्छता कायम गर्नुपर्ने लगायतका माग राखेर प्रत्येक दिन एक घण्टा धर्ना कार्यकम सुरु गरिएको इकाईका अध्यक्ष डम्बरदेव हड्खलेले  बताए ।
यसैबीच नेपालवार एसोसिएसन तनहुँ जिल्ला अदालत बार इकाइले आज एक प्रेस विज्ञप्ति निकालेर यही मिति २०८१ साल असार १३ गते  बारमा आबद्ध पूर्व अध्यक्ष वरिष्ठ अधिवक्ता कमला मोहन वाग्लेलाई उच्च अदालत पोखराको कार्यालय भित्रै विपक्षीको समूहले हुलुज्जत गरी न्याय सम्पादनमा प्रभाव पार्न खोजिएको साथै  वाग्लेमाथि अपमानजनक अशोभनीय अभद्र व्यवहार प्रदर्शनी गरिएको उक्त कार्यको घोर भर्सना गरेको छ।
इकाईका अध्यक्ष डम्बरदेव हड्खले र सचिव हरिमान श्रेष्ठद्वारा संयुक्त रूपमा हस्ताक्षरित  विज्ञप्तिमा अगाडि भनिएको छ  – ‘प्रत्येक कानुन व्यवसायीले कुनै पनि मुद्दामा कुनै पनि पक्षको हितमा स्वतन्त्र रूपमा मुद्दा लेख्ने , बहस पैरवी गर्ने र प्रतिरक्षा गर्ने अधिकार संविधान र कानुनले प्रत्याभूत गरेको अवस्था रहेको हुँदा त्यसरी आफ्नो पक्षको हितमा बहस पैरवीका लागि न्यायपालिकामा जाँदाको अवस्थामा अदालत जस्तो संवेदनशील क्षेत्रमा कानुन व्यवसायीमाथि विपक्षी समूहले गरेको त्यस्तो अभद्र र अपमानजनक व्यवहार प्रति तनहुँ बार इकाई दुःख एवम् खेद व्यक्त गर्दछ भनिएको छ। साथै  त्यस्तो कार्य गर्ने व्यक्ति समूह पहिचान गरी आवश्यक कारबाही गरी अबका दिनमा त्यस्तो कार्य हुन नदिन उच्च सतर्कता अपनाई कानुन व्यवसायीको सुरक्षाको प्रत्याभूति दिन जिल्ला अदालत,उच्च अदालत,सर्वोच्च अदालत , नेपाल बार एसोसिएसन र सम्पूर्ण सुरक्षा निकायमा हार्दिक अपील गर्दछौं ‘ विज्ञप्तिको अन्त्यमा भनिएको छ ।

Facebook Comments Box
हाम्राे सेराेफेराे
गोर्खा संसार

लाखेनाच प्रतियोगितामा डुम्रे नेवा: पुच डुम्रे प्रथम

भाद्र २२ पालुङटार / रबिन्द्र कँडेलगाेर्खाकाे पालुङटारकाे बिरुवाटारमा शनिबार भएकाे लाखे नाच प्रतियोगितामा डुम्रे नेवा पुच, डुम्रे प्रथम बनेकाे छ भने प्रथम पुरस्कार नगद रु

सबै पढनुहोस »
हाम्राे सेराेफेराे
गोर्खा संसार

बन्दिपुरकाे तीजगीत प्रतियोगितामा एकता मगर समाज प्रथम

भाद्र २२ बन्दिपुर / डिपि अधिकारीतनहुँको पर्यटकीय नगरी बन्दिपुरमा जारी तीज सप्ताहन्न उत्सव शनिबार सकिएकाे छ । उक्त कार्यक्रम अन्तरगत भएकाे तीज गीत प्रतियोगितामा एकता

सबै पढनुहोस »
हाम्राे सेराेफेराे
गोर्खा संसार

पालुङटार ७ मा आयोजना गरिएको तीज गीत प्रतियोगितामा सिर्जना महिला समूह प्रथम

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा वडास्तरीय महिला सञ्जालको आयोजनामा आज सम्पन्न भएको तीज गीत प्रतियोगितामा सिर्जना महिला समूह प्रथम भएको छ।कोठाभित्रका नौ टिमको

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

पछिल्लाे पटक प्रधानमन्त्री बनेपछि पहिलाेपटक बिदेश भ्रमणमा जाँदै

२१ भदौ, काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा अोली पछिल्लाे पटक प्रधानमन्त्री बनेपछि पहिलाेपटक बिदेश भ्रमणमा जाने हुनुभएकाे छ । पछिल्लाे पटक असार ३० गते प्रधानमन्त्री

सबै पढनुहोस »
हाम्राे सेराेफेराे
गोर्खा संसार

नेपालवार इकाइ तनहुँद्वारा तनहुँ जिल्ल अदालतमा अनिश्चित कालीन धर्ना

शंकरराज नहर्की। तनहुँ १७ भदौ २०८१ सोमवार । नेपालबार इकाई दमौली ,तनहुँले तनहुँ जिल्ला अदालतमा आजबाट अनिश्चितकालीन धर्ना सुरु गरेको छ।इकाईले तनहुँ जिल्ला अदालतको मुख्य

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

बन्दिपुरमा आयोजित तीज सप्ताहन्न उत्सवको महानायक हमालद्वारा उद्घाटन

पर्यटकीय एवं सांस्कृतिक ग्राम बन्दीपुरमा शनिबारबाट आयोजित तीज सप्ताहन्न उत्सव–२०८१ को महानायक राजेश हमालले उद्घाटन गरेका छन् ।तनहुँ जिल्लामै सर्वाधिक पुरस्कार रासीको साताव्यापी तीज गीत

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.