पालुङ्टारको लिगलिगकोटमा होमस्टे शुरु, पर्यटन प्रवर्दनमा टेवा पुग्ने बिश्वास

रविन्द्र कंडेल
१३ मंसीर, गोरखा ।
गोरखाको पालुङ्टार नगरपालिका भित्र पर्ने नेपालको उदगम थलोका रुपमा परिचित लिगलिगकोटमा होमस्टेको उदघाटन भएको छ ।
आज नगरपालिकाका नगरप्रमुख इ. दिपकबाबु कंडेलले प्रमुख अतिथिको रुमपा होमस्टेको बिधिबत रुपमा उदघाटन गर्नुभएको हो ।
नगरपालिकाको वडा नं. २ मा पर्ने लिगलिगकोटको प्रचार प्रसार र प्रबर्दन गर्ने उदेश्यले यस बिबिध प्रकारका कार्यक्रमहरु यस स्थानमा गर्ने गरिएको र नगरपालिकाको ब्रान्ड भएकाले यसको प्रवर्दनमा आफूले सक्दो सहयोग गर्ने नगरप्रमुख कंडेलले बताउनभयो । अहिलेको दुनियाँ बेच्नेको दुनियाँ भएकोले आफ्नो नगरपालिकाभित्रको महत्वपूर्ण स्थानलाई बिश्वभर चिनाउनको लागि पहल गरिरहेको र यहाँ आउने पर्यटकलाई बास बस्ने सुबिधा नभइरहेको बेला यसले महत्वपूर्ण योगदान पुर्याउने बिश्वास उहाँले व्यक्त गर्नुभएको छ ।
नगरपालिकाकी उप प्रमुख पम्फा बसेलले बिशिष्ट अतिथिको रुपमा बोल्दै यस क्षेत्रको आर्थिक, सामाजिक तथा साँस्कृतिक बिकास तथा संरक्षणका साथै पर्यटन प्रवर्दनका लागि होमस्टेले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
लिगलिगकोट होमस्टे समितिका संरक्षक बेद बहादुर राना मगरले सञ्चालन गर्नुभएको सो उदघाटन कार्यक्रममा बिशेष अतिथिको रुपमा वडा नं. २ का वडाध्यक्ष लोकनाथ वाग्ले, स्थानिय को अर्डिनेटर इश्वरी प्रसाद सापकोटा, गेहेन्द्र बहादुर राना, पूर्ण बहादुर राना, कृष्ण मरहट्टा लगायतकाले मन्तब्य राखेका थिए । कार्यक्रम होमस्टेकी अध्यक्ष प्रेम कुमारी थापा मगर को अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमा सहयोगीहरुलाई सम्मान पत्र बितरण गरिनुका साथै सञ्चालकहरुलाई खोपीको चावी हस्तान्तरण तथा बिबिध साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो ।
नगरपालिकाको वडा नं. २ स्थित खोल्ली भन्ने स्थानमा ७ वटा खोपी (बासस्थान वा कोठा) निर्माण गरी होमस्टे सञ्चालनमा ल्याइएको छ । अमेरिकामा बसोबास गर्दै आएका व्यक्तिहरुको समन्वय तथा आर्थिक सहयोगमा सो खोपी निर्माण गरिएको हो । एउटा खोपी निर्माणको लागि रु.३ लाख ३० हजार रुपैयाँ खर्च भएको बताइएको छ । प्रत्येक खोपीमा एउटा डबल बेड र एउटा सिँगल बेड राखिएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.