७ वटा सहकारी संस्थाद्वारा गाउँपालिकाको राहत कोषलाई २ लाख ८८ हजार सहयोग ।।

गाेरखा संसार

आँबुखैरेनी, १४ वैंशाख ।

आँबुखैरेनी गाउँपालिका वडा नं. ३ मा रहेको ७ वटा सहकारी संस्थाले आज (आईतबार) गाउँपालिकाको राहत कोषमा आर्थिक सहयोग गरेका छन् । विश्वव्यापी महामारीको रुपमा फैंलिएको कोरोना भाईरस रोकथाम तथा न्यूनिकरणको लागि वडा नं. ३ भित्रका ७ वटा सहकारी संस्थाले छुट्टाछुट्टै आर्थिक सहयोग गरी गाउँपालिकाको कोरोना संक्रमण रोकथाम नियन्त्रण र उपचार कोषमा २ लाख ८८ हजार १ सय ४२ रुपैंया जम्मा गरेका हुन् ।

मनकामना माई बहुउद्देश्य सहकारी संस्थाले १ लाख १ हजार रुपैंया, आँबुखैरेनी बचत तथा ऋण सहकारी संस्थाले ५० हजार ५ सय रुपैंया, सगुन बचत तथा ऋण सहकारी संस्थाले ३३ हजार ३ सय ३३ रुपैंया, भगवती बचत तथा ऋण सहकारी संस्थाले २७ हजार ५ सय रुपैंया, माई छिम्केश्वरी बचत तथा ऋण सहकारी संस्थाले २५ हजार ५ सय ५५ रुपंैया, एकता बचत तथा ऋण सहकारी संस्थाले २५ हजार १ सय ४९ रुपैंया र समाजसेवा बचत तथा ऋण सहकारी संस्थाले २५ हजार १ सय ५ रुपैंया राहत कोषमा सहयोग गरेको गाउँपालिकाले जनाएको छ । कोषमा आर्थिक सहयोग गर्ने सम्पूर्ण ७ वटै सहकारी संस्थालाई गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापाले धन्यवाद दिनुभएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.