पछिल्लाे पटक प्रधानमन्त्री बनेपछि पहिलाेपटक बिदेश भ्रमणमा जाँदै

२१ भदौ, काठमाडौं ।

प्रधानमन्त्री के.पी. शर्मा अोली पछिल्लाे पटक प्रधानमन्त्री बनेपछि पहिलाेपटक बिदेश भ्रमणमा जाने हुनुभएकाे छ । पछिल्लाे पटक असार ३० गते प्रधानमन्त्री बन्नुभएकाे हाे ।

बुधबार बसेकाे मन्त्रिपरिषद् बैठकले राष्ट्रसंघको महासभाका लागि प्रधानमन्त्रीको न्यूयोर्क भ्रमण स्वीकृत गरेसंगै उहाँ अाफ्नाे टिमसहित राष्ट्रसंघको महासभा सेप्टेम्बर १० देखि २८ (२५ भदौदेखि १२ असोज) सम्म न्यूयोर्कमा हुने समिट अफ द फ्युचरमा सम्बोधन गर्ने गरी प्रधानमन्त्री अमेरिका जान लाग्नुभएकाे हाे ।

उहाँकाे भ्रमणदलमा परराष्ट्रमन्त्री आरजु देउवा राणा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्री पत्नी राधिका शाक्य, निजी चिकित्सक लगायत रहेका छन् ।

ओलीले प्रधानमन्त्रीका रुपमा २०७५ असोजमा पनि राष्ट्रसंघ महासभालाई सम्बोधन गर्नुभएकाे थियाे ।

 

Facebook Comments Box
By गोर्खा संसार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.