२४ चैत । तनहुँ उद्योग वाणिज्य संघ आँबुखैरेनी बजार इकाइको नयाँ कार्यसमिति पहिलो पटक निर्वाचनबाट चयन हुने भएको छ। आज भएको संघको ११ औं अधिवेशनमा सभापति पद दाबी गर्दै २ जनाले उम्मेदवारी दर्ता गरेपछी निर्वाचन हुने भएको हो। दुबै पक्षले प्यानल नै बनाएर चुनाबी भिडन्तमा लागेका छन्। स्रोतले दिएको जानकारी अनुसार कांग्रेस निकट व्यवसायीको तर्फबाट रत्न कुमार श्रेष्ठको नेतृत्वमा उम्मेद्वारी दिइएको छ भने एमाले समर्थकको तर्फबाट दिपक कोइरालाको नेतृत्वमा उम्मेदवारी दिइएको छ। यस्तै उपसभापतिमा भगवान् श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्। कोषाध्यक्षमा गोविन्द श्रेष्ठ र दिपक वावु थापाको उम्मेदवारी परेको छ। सदस्यहरुमा किसान श्रेष्ठ, रमेश कुमार श्रेष्ठ, सुरेन्द्र कुमार श्रेष्ठ, रेजिना श्रेष्ठ, लक्ष्मण श्रेष्ठ, राज कुमार श्रेष्ठ, सुभाष मिश्र, गोविन्द अधिकारी, राम सरण कोइराला, किरण आले, अर्जुन श्रेष्ठ, टिका के सी, आरती थापा, तुलसी पौडेल खनाल, घनश्याम पराजुली, गोवर्धन वि.क.को उम्मेदवारी परेको छ। यसैगरी जिल्ला जिल्ला प्रतिनिधिमा उदिप श्रेष्ठ र मधराम श्रेष्ठ निर्विरोध भएका छन्। निर्वाचन आजै गर्ने तयारी भैरहेको छ।
Facebook Comments Box