सकारात्मक सोँच तथा तनाव व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

प्यूठान जिल्लास्थित सुरक्षाकर्मीहरूलाई लक्षित ‘सकारात्मक सोँच तथा तनाव व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम’ आइतबार सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय प्यूठानको आयोजना, जिल्ला प्रशासन कार्यालय प्यूठानको समन्वय तथा कर्ण सकारात्मक कोषको प्राविधिक सहयोगमा मल्लरानी गाउँपालिका-४ खलङ्गास्थित जिल्ला समन्वय समितिको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा कर्ण सकारात्मक कोषका संरक्षक कर्ण शाक्यले किताबी ज्ञान भन्दा जिवनको भोगाइ र अनुभवबाट सिप आर्जन गर्नुपर्ने चर्चा गर्नुभयो । कुनै पनि काम उद्देश्य सहित गर्नुपर्ने, सकारात्मक र अटल सोच राख्नुपर्ने, पद र अधिकारको सदुपयोग गर्नुपर्ने एवम् समय व्यस्थापनमा बिशेष जोड दिनुपर्ने विचार व्यक्त गर्दै उहाँले संकिर्ण सोँचको अन्त्य गरी प्रहरी जीवनलाई व्यवसायिक बनाउनु पर्दछ र सधैँ सकारात्मक सोँच राखी काम गर्नुपर्ने बताउनुभयो ।

सो अवसरमा कार्यक्रमका अध्यक्ष एवंम् प्यूठान जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले हाम्रो जिम्मेवारीले पनि हामीलाई तनावको अवस्थामा पुर्‍याउने हुनाले तनाव व्यवस्थापन आफैबाट सकारात्मक सोँचका साथ सुरु गर्नुपर्ने बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक इश्‍वर थापाले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रमको औचित्य बारेमा जानकारी दिनुभएको उक्त कार्यक्रममा कर्ण सकारात्मक कोषका प्रमुख सल्लाहकार जोस बहादुर निरौलाले तनावको परिभाषा, यसका प्रकार, लक्षण र समाधान, नकारात्मक तनावले पुर्‍याउने क्षतिको सम्बन्धमा जानकारी दिँदै तनाव व्यवस्थापनको व्यवहारिक अभ्यास समेत गराउनु भएको थियो ।
कार्यक्रममा जिल्लास्थित सुरक्षा निकाय एवम् विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.