लक डाउन बैशाख १५ सम्म लम्बियाे

गाेरखा संसार

काठमाडौं, २ वैशाख ।

मन्त्रिपरिषद् बैठकले वैशाख १५ गतेसम्म देशभरि लक डाउन गर्ने निर्णय गरेको छ। मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १२ दिन थप्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। यसअघि सरकारले चैत ११ गते एक हप्ताका लागि भनेर लकडाउन गरेको थियो। पछि उक्त अवधि बढाएर चैत २५ हुँदै वैशाख ३ गतेसम्म पुर्‍याइएको थियो।

लक डाउन हुनुभन्दा अघि नेपालमा को रो ना सं क्र मि तको संख्या जम्मा दुई जना थियो तीमध्ये पनि एक जना उपचार भएर घर फर्किसकेका थिए। अहिले को रो ना सं क्र मि तको संख्या १६ पुगेको छ।

गत मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने क्रममा अझै २ हप्ताजति कष्टकर हुने बताउनुभएको थियो । यसको संकेत लकडाउन थपिने भन्ने नै थियो, जुन जतनालाइ दुःख दिनका लागि नभएर संक्रमणबाट जोगाउनका लागि भन्ने प्रधानमन्त्रीले बताउनुभएको थियो । चैत २९ गते प्रधानमन्त्रीले मुख्यमन्त्रीहरूसँग भिडियोमार्फत छलफल गर्नुभएको थियो । जसमा सबै प्रदेशका मुख्यमन्त्रीहरूले समेत लकडाउन लम्ब्याउन उचित हुने सुझाव दिएका थिए ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.