जबरजस्ती करणी आरोपमा गोरखा आरुघाट रुघाटका एक युवा पक्राउ

गोरखा,

गोरखाको आरुघाट गाउँपालिका वडा नं १ बाट जबरजस्ती करणी आरोपमा एकजना युवा पक्राउ परेका छन्।

पक्राउ पर्नेमा आरुघाट गाउँपालिका वडा नं १ निवासी वर्ष २३ का विनोद गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय गोर्खाले जानकारी दिएको छ। प्राप्त जानकारी अनुसार निजले सोही गाउँपालिकास्थित एक युवतीलाई २०८१ जेठ १३ गतेदेखि पटकपटक करणी गरेको आरोपमा गत असोज ७ गतेका दिन पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याइ थप अनुसन्धानका लागि जिल्ला अदालत पेश गरिएको जनाइएको छ निजलाई हाल हिरासतमा राखी थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.