शिक्षा दिवसका अवसरमा विद्यालयमा अन्तरक्रिया कार्यक्रम

पालुङटार गोरखा/ असोज २ गते

“ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता: साझेदारी र प्रणालीगत सक्षमता” भन्ने मूल नाराका साथ देशैभर मनाइएको शिक्षा दिवस पालुङटार नगरपालिका भित्रका सबैजसो विद्यालयहरूले पनि विविध कार्यक्रम गरी मनाएका छन्।
यसै अन्तर्गत पालुङटार नगरपालिका वडा नम्बर ८ स्थित अकला माध्यमिक विद्यालयले पनि बृहत शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ! विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्षेत्रजंग भण्डारीको अध्यक्षतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा पालुङटार नगरपालिकाका नगरप्रमुख विवश चिन्तनले प्रमुख अतिथिको रुपमा बोल्दै पालिकाले कुल बजेटको ३० प्रतिशत रकम शिक्षा क्षेत्रमा विनियोजन गरेको भए तापनि आशातित रुपमा नतिजा पाउन नसकेको बताउनुभएको थियो,॥ उक्त अवसरमा बोल्दै उहाँले शैक्षिक गुणस्तर सुधारको लागि शिक्षक विद्यार्थी र अभिभावकहरूले निरन्तर रूपमा खट्नु पर्ने कुरा समेत औल्याउनु भएको थियो॥ त्यस्तैगरी नगरपालिकाकी उपप्रमुख बन्दना पाण्डेले शैक्षिक क्षेत्रको सुधार बिना विकास अधुरो हुने कुरा बताउँदै शैक्षिक गुणस्तर सुधारका लागि नगरपालिकाले सक्दो प्रयास गरिरहेको बताउनुभएको थियो।
विद्यालयका प्रधानाध्यापक राजन भट्टराईले कार्यक्रमको उद्देश्य तथा छलफलका विषयवस्तुहरू माथि प्रकाश पार्दै शैक्षिक गुणस्तर कायम राख्न र शैक्षिक रूपमा चलायमान हुनको लागि निरन्तर रुपमा शिक्षक विद्यार्थी र अभिभावक बीचको अन्तरक्रिया गरिरहनुपर्ने बताउनुभएको थियो। विद्यालयका सहायक प्रधानाध्यापक शम्भुराज खराखेतीले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा पालुङटार नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष होपबहादुर नेपालीले आफू अकला माध्यमिक विद्यालयसँग सहकार्य गर्दै शैक्षिक क्षेत्रमा यस वडालाई अगाडि बढाउन तयार रहेको कुरा बताउनुभएको थियो। विद्यालयका शिक्षक बैकुण्ठ रिजालले सञ्चालन गर्नुभएको कार्यक्रममा अभिभावक विद्यार्थी र सो विद्यालयका शिक्षक शिक्षिकाहरूको र स्थानीय बुद्धिजीवीहरूको समेत उपस्थिति रहेको विद्यालयका सूचना अधिकारी प्रकाश तिवारीले जानकारी दिनुभयो॥

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

पालुङटारमा धारिलो हतियार प्रयोग गरी एक महिलाको हत्या

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्ली पूर्णे पिपलस्थित एक महिलालाई धारिलो हतियार प्रयोग गरी अज्ञात व्यक्तिहरूले आज राति हत्या गरेका छन्। पूर्णे पिपल स्थित

सबै पढनुहोस »

शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्ली स्थित कोलडाँडामा शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम २३ गते सम्पन्न भएको छ। पुर्णे पिपल युवा क्लबको आयोजना र

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

क्रेन दुर्घटनामा परी एक युवाको मृत्यु

गोरखामा क्रेन दुर्घटनामा परी एक युवाको मृत्यु भएको छ । आईतबार गोरखा नगरपालिका–१० हुल्चे फाँटमा क्रेन दुर्घटना हुँदा बारा, जितपुरका १९ वर्षीय प्रिन्स अन्सारीको मृत्यु

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

गाेरखाली चेली डा. अम्बिका अर्यालको मुक्तकसङ्ग्रह “भावदीप” को विमाेचन

नेपाली समालोचना र आख्यान सिर्जनामा स्थापित स्रष्टा डा. अम्बिका अर्यालको नवीनतम कृति ‘भावदीप’ मुक्तकसङ्ग्रहको २०८१ असोज १७ गते घटस्थापनाका दिन काठमाडौं बागबजारस्थित पद्मकन्या क्याम्पस, डेनिस

सबै पढनुहोस »
समाचार
गोर्खा संसार

मोटरसाईकल दुर्घटना परी १ जनाको मृत्यु

गोरखा, असाेज १७ गोरखा अाँबुखैरेनी सडकखण्ड अन्तर्गत गाेरखा न.पा. वडा नं.९ ठिगुरेस्वाँरामा माेटरसाइकल दुर्घटनामा परी एक जनाकाे ज्यान गएकाे छ । ज्यान जानेमा गाेरखा जिल्ला

सबै पढनुहोस »
Breaking 1
गोर्खा संसार

गोरखामा यात्रु सहायता कक्षहरु स्थापना

प्रहरी कार्यालय गाेरखाकाे बिज्ञप्ति जस्ताकाे तस्तै आउँदै गरेको हिन्दुहरुको महान चाँड बडा दशै, शुभ दिपावली र छठ पर्वलाईमध्य नजर गर्दै जिल्लाको शान्ति सुरक्षा लगायत ट्राफिक

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.