मापदण्डको अटेर गर्नेको घर टहरा बल प्रयोग गरेर भएपनि भत्काईने प्रमुख जिल्ला अधिकारीको उद्घोष


श्रावण १६, बन्दिपुर
तनहुँको बन्दिपुर १ डुम्रे निवासी ईमनाथ खनाल बन्दिपुरमा प्रहरीको नागरिक सुनुवाई कार्यक्रम हुने थाहा पाएपछि हतार हतार बन्दिपुर पुग्नु भयो । समय बिहान ११ पनि बढी भैसकेको थियो तैपनि आफ्नो संस्था छापनाहाला खानेपानीको समस्या कतैबाट पनि समाधान नभएपछि प्रमुख जिल्ला अधिकारी र प्रहरीले सुनुवाई गर्ने विश्वासका साथ खनालको दौड चलेको हो । उहाँले भन्नुभयो – “ पृथ्वीराजमार्ग विस्तारका क्रममा छापनाहाला खानेपानी योजनाको पाईप अस्तब्यस्त भएको छ, हाम्रो कुरा कसैले सुनेन , यहि गुनासो गर्न आएको हो , छिट्टै समस्याको समाधान गरिदिन प¥यो, आम नागरिक काकाकुल जस्तै हुन बाध्य भए । ”
उहाँको कुरामा सवैको ध्यान गयो , प्रमख जिल्ला अधिकारी जनार्दन गौतमले यस विषयमा सरोकारवाला सबैसँग कुराकानी भएकाले छिट्टै समस्याको समाधान हुने आश्वासन दिनुभयो ।
सो अवशरमा प्रमुख जिल्ला अधिकारी गौतमले एक अर्को प्रशंगमा पृथ्वी राजमार्ग राष्ट्रिय भएकाले एडिभिको सल्लाह अनुसार क्षतिपूर्ति समेत उपलब्ध गराईएको उललेख गर्दै हरेक नागरिकले सडक विस्तारमा आ आफ्नो स्थानबाट सहयोग पु¥याउन आग्रह गर्नु भयो साथै उहाँले सडक मापदण्ड अनुसार सडक निर्माण गर्न अवरोध गर्न खोजे वा असहयोग गरे बल प्रयोग गरेर भएपनि सडक मापदण्ड विपरितका घर–टहरा हटाईने उल्लेख गर्नुभयो ।
कार्यक्रममा स्थानीय गोर्वधन भट्टराई, राज कुर श्रेष्ठ, नारायण खड्का, क्याप्टेन दिलबहादुर थापा, गीता लम्साल, रामभक्त भट्टराई, प्रेम शाही, तुलबहादुर गुरुङ्ग, बमदेब भट्टराई, दिलकुमारी राना, भोजबहादुर थापा, रवि श्रेष्ठ , सुदिप पोख्रेल लगाएत वडा अध्यक्षहरु लगाएतले प्रहरीले दिएको सेवा प्रवाह, शान्ति सुरक्षा लगाएतका विषयका कुराहरुको उढान गर्दै प्रहरीले आम नागरिकको शान्ति सुरक्षा र विभिन्न सामाजिक कार्यहरुमा सहकार्य गरेको उललेख गर्नु भएको छ ।
कार्यक्रममा उहाँहरुले बन्दिपुर पर्यटकीय नगरी भएकाले राती १ बजे सम्म होटल ब्यवशाय संचालन गर्न पाउनु पर्ने, बैध हिसाबले पार्कको ब्यवस्थापन हुनु पर्ने, ट्रापिक चेकजाँचमा ब्यवहारिकता अपनाउनु पर्ने, बन्दिपुर ईलाका प्रहरी कार्यालयबाट मुद्धा सम्बन्धि कार्य गरिनु पर्ने, शान्ति सुरक्षालाई अझै मजबूद बनाउनु पर्ने, हुस्लाङ्ग र सुखौरामा प्रहरी पोष्टको स्थापना गरिनु पर्ने लगाएतका गुनासो राख्नु भएको ईलाका प्रहरी कार्यालय बन्दिपुरका प्रमुख प्रहरी निरीक्षक सन्तोष केसीले जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी कायौलय तनहुँका प्रमुख प्रहरी उपरिक्षक विरेन्द्र शाहीले आम नागरिकको सुरषाको विषमा प्रहरीले कुनै कसुर बाँकी नराख्ने बताउँदै कार्तब्य पालनको शिलशिलामा अनुशासनमा नबस्ने र आचरण विपरित कार्य गर्ने प्रहरीलाई कडा कारवाही गरिने प्रतिवद्धता ब्यक्त गर्नु भयो ।
बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापा र उपाध्यक्ष पञ्चमायाँ गुरुङ्गले आज नागरिकको सुरक्षाको लागि गाउँपालिकाले प्रहरीसँग सदैव हातेमालो गर्दै अगाढी बढ्ने बताउनु भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्यले बताउनु भयो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.