ललितपुर, २ असार ।
ललितपुरमा बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । जिल्लाको इमाडोलस्थित बाहुनधारामा बस दुर्घटना हुँदा १९ जना घाइते भएका हुन् । आज शनिबार बिहान लुभुबाट लगनखेलतर्फ आउँदै गरेको बा २ ख ८५८३ नम्बरको बस महालक्ष्मी नगरपालिका–१ बाहुनधारामा दुर्घटना भएको हो ।
प्रहरी प्रभाग इमाडोलका प्रहरी निरीक्षक हरि डाँगीका अनुसार सो दुर्घटनामा परी घाइते भएका मध्ये ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा १८ जनाको र नजिकैको किस्ट अस्पतालमा एकजनाको उपचार भइरहेको छ । उनका अनुसार सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उक्त बसमा २४ जना यात्रु सवार थिए।
Facebook Comments Box
Post Views: 84