गोरखा संसार
चैत्र २१, गोरखा
विश्वमा आतंकको रुपमा फैलिरहेको कोरोनाको को संक्रमण नियन्त्रणको लागि लकडाउनको समयमा स्थानीय निकायहरुले किटनाशक औषधी छर्किन शुरु गरेका छन् । यस्तै क्रममा पालुङ्टार नगरपालिकामा पनि वडा वडामा किटनाशक औषधी छर्किन शुरु गरिएको छ । नगरपालिकाले सवै वडाहरुलाई किटनाशक (क्लोरिन झोल) वितरण गरिएको र आवश्यता भएमा अरु थप गरी वितरण गरिने नगरप्रमुख दिपक बाबु कंडेलले बताउनुभयो । त्यस्तै नगरपालिकासँगको समन्वयमा लगभग सवै वडाहरुमा किटनाशक छर्किएको वडाध्यक्षहरुले बताएका छन् ।
वडा नं. ७ मा का विभिन्न स्थानहरुमा आज विहानैदेखि किटनाशक छकिइएको छ । वडा कार्यालयसंगको समन्वयमा र कोरोना नियन्त्रण समन्वय समितिको सक्रियतामा बिरुवाटार क्षेत्रमा आज किटनाशक छर्किएको छ ।
त्यस्तै गरी वडाका सवै टोलहरुमा पुगी छर्किने योजना रहेको वडाध्यक्ष वसन्त कुमार श्रेष्ठले बताउनुभएको छ । यस वाहेक वडाभित्रका सवै नागरिकहरुलाई सचेत गराउने उदेश्यका साथ माइकिङ समेत गरिएको छ । त्यस्तै लकडाउनका कारण अप्ठ्यारोमा परेकाहरुको विवरण संकलन गर्ने कार्य पनि वडामा भइरहेको कोरोना नियन्त्रण समन्वय समितिका सदस्य एवं च्याङ्ली स्वास्थ्य चौकीका इन्चार्ज भरतराज पाण्डेले बताउनुभयो ।