कति समयको फरकमा खाना खानु राम्रो ?

व्यस्त जीवनशैली र खानपानमा उचित ध्यान पुर्‍याउन नसक्दा हिजोआज मानिसको प्रतिरक्षा प्रणाली कमजोर बन्दै गइरहेको छ । बिहान उठ्नेदेखि राति सुत्ने समय निश्चित छैन । खानाको हकमा पनि त्यस्तै नै छ । बिहान खानुपर्ने खाना दिउँसो र बेलुका खानुपर्ने खानेकुरा राति खाँदा स्वास्थ्यमा विभिन्न खालका समस्या आइरहेका छन् ।

सामान्यतया हाम्रो आमाशयको आकार दुईवटा मुठ्ठी बराबरको हुन्छ । तर त्यो आमाशय पाँच गुनासम्म तन्किन सक्छ । जसले हामीले शरीरलाई आवश्यकभन्दा बढी खाना खायौं र समयमा खाएनौं भने पनि अट्छ तर पच्न भने धेरै समय लाग्छ ।

हामी प्रायः भोक नलागे पनि खाना खाइरहेका हुन्छौं । बिहान अफिस जान हतार हुन्छ । ९ बजे हतारहतार गरेर खाना खायो । दिउँसो १ देखि २ बजेसम्म अफिसमा खाजा खाने समय हुन्छ, भोक नलागे पनि खाइदिन्छौं । तर खानाको साथै खाना खाने समयको ख्याल राखे पाचन प्रक्रियासम्बन्धी समस्याबाट बच्न सकिन्छ ।

कुन समयमा खाने ?
खाना खाने सबैभन्दा उचित समय भनेको भोक लागेपछि हो । किनकि भोक लागेको बेला खाना पचाउने पाचन रसहरू उत्पादन हुन्छन् । जसले खानालाई राम्ररी पचाउन मद्दत गर्छ । हामीले खाएको खाना पच्न चारदेखि ६ घण्टा लाग्ने भएकाले त्यही समयको अन्तरालमा खाना खानु उचित हुन्छ । यदि बिहान ५ बजे उठियो भने उठेर फ्रेस भएको ४५ मिनेटभित्र बिहानको खाजा खानु राम्रो हुन्छ ।

बिहानको खाजा कस्तो खाएको हो त्यही अनुसार समय अन्तरालमा खाना खानु उचित हुन्छ । यदि कार्बोहाइड्रेटवाला खाजा खाइएको हो भने चार घण्टापछि १० बजेपछि खाना खानु राम्रो हुन्छ । तर यदि बिहानको खाजा प्रोटिनवाला खाएको छ भने ६ घण्टापछि अर्थात् मध्यान्ह १२ बजेपछि खाना खानु राम्रो हुन्छ ।

१० बजेपछि बिहानको खाना खाएको छ भने २ बजेपछि खाजा खानुपर्छ । खाजा कस्तो खाएको छ त्यही अनुसार चारदेखि ६ घण्टाको अन्तरालमा बेलुकाको खाना खानु उपयुक्त हुन्छ । यसरी हामीले दिनभरिमा खाने चार पटकको खानालाई उचित समयमा खायौं भने हाम्रो तौल पनि नियन्त्रणमा रहन्छ ।

Facebook Comments Box
Uncategorized
गोर्खा संसार

नेकपा एमाले पालुङटारको दोश्रो नगर अधिबेशन सम्पन्न, अध्यक्षमा पुनः वसन्त श्रेष्ठ

पालुङटार नगरपालिकामा नेकपा एमालेको दोश्रो नगर अधिबेशन नयाँ कार्यसमिति चयनसंगै सम्पन्न भएको छ । जसको अध्यक्षमा पुनः बसन्त कुमार श्रेष्ठ चयन भएका छन भने उपाध्यक्षमा

सबै पढनुहोस »
सूचना प्रबिधि
गोर्खा संसार

हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न

काठमाडौं,वैशाख २६ । हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न भएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालको आयोजनामा अवार्डको चौथो संस्करण काठमाडौंमा एक भव्य र विशेष

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

रातो बङ्गला स्कुल र काठमाडौँ वर्ल्ड स्कुललाई सरकारले सोध्यो स्पष्टीकरण

रातो बङ्गला स्कुल र काठमाडौँ वर्ल्ड स्कुललाई सरकारले स्पष्टीकरण सोधेको छ । स्वीकृति बिना विदेशी पाठ्यक्रम पढाएको भन्दै दुवै स्कुललाई तीन दिने स्पष्टीकरण सोधेको थियो।सरकारको

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

सिकाई केन्द्रद्वारा जेष्ठ आमाहरूलाई सम्मान

माता तीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन ( वैशाख २६ गते) को अवसर पारेर गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको च्याङ्ली सामुदायिक

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

च्याङ्ली सामुदायिक सिकाई केन्द्रले आमाको मुख हेर्ने दिनमा १८ जना जेष्ठ महिलाहरूलाई सम्मान गर्दै

माता तीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन ( वैशाख २६ गते) को अवसर पारेर गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको च्याङ्ली सामुदायिक

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

पालुङटार मा नौमती बाजा बजाउने तालिम

“सिप सिकौ रोजगार बनौ” भन्ने मूल नाराका साथ आज मिति २०८१/०१/२४ गतेका दिन पालुङटार नगरपालिका वडा नं. ७ को वडा स्तरीय महिला संजालका अध्यक्ष श्री

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.