च्याङली सामुदायिक सिकाइ केन्द्रकाे अाठाैं बार्षिक साधारण सभा सम्पन्न

गाेरखा, चैत्र ५

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ च्याङलीमा अवस्थित च्याङली सामुदायिक सिकाइ केन्द्रकाे अाज अाठाैं बार्षिक साधारण सभा सम्पन्न भएकाे छ ।

सिकाइ केन्द्रका अध्यक्ष रबिन्द्र कंडेलकाे अध्यक्षतामा सम्पन्न भएकाे साधारण सभामा प्रमुख अतिथिकाे रूपमा पालुङटार नगरपालिका वडा नंं. ७ का वडाध्यक्ष बसन्त कुमार श्रेष्ठले बाेल्दै सिकाइ केन्द्रले वडाभित्रका सबैलाइ समेटेर याेजना निर्माण गर्न सुझाव दिनुभएकाे थियाे । सिकाइ केन्द्रका कार्यसमिति सदस्य गणेशलाल श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएकाे थियाे ।

साे अवसरमा पालुङटार नगरपालिकाकी कार्यपालिका सदस्य साबित्रा बि.क., वडा नं. ७ की वडा सदस्य भगवती कुमाल, महिला समूहका तर्फबाट हिरा सुनार, टाेलबिकास संस्थाहरूका तर्फबाट दयाराम लामिछाने लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

केन्द्रका अध्यक्ष रबिन्द्र कंडेलले प्रस्तुत गर्नुभएकाे प्रतिवेदन तथा सचिव राममाया अालेले प्रस्तुत गर्नुभएकाे प्रतिवेदन तथा कार्ययाेजनामाथि छलफल गरी पारित समेत गरिएकाे थियाे ।

भेलामा वडा नं. ७ भित्र रहेका १८ वटा टाेलबिकास संस्थाका अध्यक्षहरू, महिला समूहका अध्यक्षहरू, क्लब तथा बिभिन्न संघसंस्थाका प्रतिनिधीहरूकाे समेत उपस्थिति रहेकाे थियाे ।

केन्द्रले बि.सं.२०६९सालमा स्थापना भएदेखि हालसम्म वडाभित्र साक्षरता कक्षा, साक्षराेत्तर कक्षा सञ्चालन गर्नुका साथै बिभिन्न समूहहरूमा सीपमूलक तथा अायअार्जका क्षेत्रमा हालसम्म निरन्तर रूपमा कार्य गर्दै अाइरहेकाे छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.