सहकारीबाट ३२ लाख रुपैया नगद चोरी

गोरखा, २६ असार :

गोरखाको एक सहकारीबाट ३२ लाख रुपैया नगद चोरी भएको छ ।

भीमसेन थापा गाउँपालिका–७, बोर्लाङ्ग स्थित भीमकुल बचत तथा ऋण सहकारी संस्थाबाट गएराती करिब मध्यरातमा सरकारी कार्यालयको च्यानल गेट फुटाएर भित्र पसी नगद चोरी भएको सहकारीका संञ्चालक समितिका सदस्य बुद्धि श्रेष्ठले जानकारी दिनुभयो ।

सहकारीमा कारोबार भएको रकम करिब ५२ लाख रुपैया मध्ये ३२ लाख चोरी भएको उहाँले बताउनुभयो । ‘भीमकुल बचत तथा ऋण सहकारी संस्था जिल्लाकै उत्कृष्ट सहकारी हो, उहाँले भन्नुभयो, यहाँ दैनिक २० देखि ३० लाख रुपैया कारोवार हुन्छ ।, असारको मसान्त भएकाले कारोवार अझ बढी भएको उहाँको भनाई छ ।

शुक्रबार बेलुकीसम्म जम्मा भएका नगद आइतबार सदरमुकाम स्थित बैंकमा जम्मा गर्ने तयारीमा थियौं, श्रेष्ठले भन्नुभयो, लगातारको बर्षाका कारण सदरमुकामसम्म पुग्न कठिन भएकाले समस्या भइरहेको थियो । सिसिटिभी फुटेजमा चोरीमा संलग्नहरुले ताल्चा फुटाउन प्रयोग गरिने सामग्री समेत बोकेर आएको देखिएको श्रेष्ठले बताउनुभयो ।

बिहान सहकारीका एकाउन्टेण्ट कार्यालयमा पुग्दा च्यानल गेट फुटाएको अबस्थामा देखेपछि चोरी भएको थाहा भएको बोर्लाङ्ग व्यापार संघका अध्यक्ष बिपिन श्रेष्ठले जानकारी दिनुभयो । राती करिब ३ बजेको समयमा भित्र पसेर नगद राखेको लकर फुटाएर चोरी गरेकाे  सिसिटिभीको फुटेजमा देखिन्छ, उहाँले भन्नुभयो, सहकारीको सिसी टिभी फुटेजमा २ जना व्यक्ति मिलेर चोरी गरेको देखिएको छ ।’

सिसिटिभीको फुटेजमा सेतो सर्टपाइन्ट र क्याप टोपी लगाएका दुई जनाले चोरी गरेको देखिएको श्रेष्ठले जानकारी दिनुभयो । चोरीको घटना जानकारी पाए लगत्तै प्रहरीको टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक (एसपी) शेखर खनालले जानकारी दिनुभयो ।

‘घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षकको नेतृत्वमा एक टोली घटनास्थल पठाइएको छ, उहाँले भन्नुभयो, ‘आंशका गरिएको व्यक्तिहरु निगरानीमा राखि सादा पोशाकका प्रहरी समेत परिचालन गरी अनुसन्धान सुरु गरिएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.