एसइइ काे आन्तरिक मूल्याङ्न असार २० गतेभित्र पठाइसक्नुपर्ने, साउन दाेश्राे सातासम्ममा नतिजा अाउने

भक्तपुर, ३१ जेठ:

माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन आवेदन दिने विद्यार्थीको असार २० गतेभित्र आन्तरिक मूल्याङ्नका सबै कार्य पूरा गरी जिल्ला समन्वय एकाइ कार्यालयमा पठाइसक्नुपर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको मूल्याङ्नका लागि आवश्यक पर्ने कार्यविधि आइतबार पारित गर्दै असार २० गतेसम्ममा सबै विद्यालयले आफ्ना विद्यार्थीको आन्तरिक मूल्याङ्कन गरी पठाउने समयसीमा निर्धारण गरेको बोर्डका अध्यक्ष प्रा चन्द्रमणि पौडेलले जानकारी दिनुभयो ।

विद्यालयले पठाएको आन्तरिक मूल्याङ्कन र जिल्लाका सबै विद्यार्थीको अभिलेख रुजु गरी असार मसान्तभित्र समन्वय समितिले राष्ट्रिय परीक्षा बोर्डमा पठाइसक्नुपर्ने भएको छ । असार अन्तिमसम्ममा सबै जिल्लाबाट अभिलेख आए त्यसको १५ दिनभित्र एसइईको अन्तिम नतिजा प्रकाशन गर्ने र प्रमाणपत्र जारीलगायतको काम बोर्डले गर्ने भएको छ । कुनै अवरोध नभए बोर्डले एसइईको नतिजा आगामी साउन १५ भित्र पूरा सार्वजनिक गर्न सक्ने र भदौदेखि कक्षा ११ को पढाइ शुरु गर्न सक्ने गर्ने गरी बोर्डले नतिजा प्रकाशनको तयारी गरेको जनाएको छ ।

बोर्डले विद्यार्थीको आन्तरिक मूल्याङ्न गर्न मुख्य विषय शिक्षकहरूलाई जिम्मेवार बनाउँदै विद्यालयका प्रधानाध्यापक, वरिष्ठ शिक्षक, अङ्ग्रेजी, गणित र विज्ञान शिक्षक गरी पाँच जना सम्मिलित पाँच सदस्यीय समिति बनाएर उनीहरुले गरेको हस्ताक्षरसहितको अन्तिम मूल्याङ्कनलाई आधार मानेर नतिजा सार्वजनिक गर्ने भएको छ ।

गत वर्ष प्रधानाध्यापक एक्लैले गरेको र जथाभावी नम्बर हालेर पठाएको गुनासो आएपछि यस पटक पाँच सदस्यीय समिति बनाउने निर्णय गरेको हो । विद्यार्थीको अत्यधिक मूल्याङ्कन गरिए कारण खोल्नुपर्ने प्रावधान बोर्डले राखेको छ । त्यसमा सहमत हुन नसकिएको अवस्थामा उक्त मूल्याङ्कनलाई फिर्ता गर्न सक्ने प्रावधान परीक्षासम्बन्धी कार्यविधिमा राखिएको बोर्डले जनाएको छ । (रासस)

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

वनको बाँदर वनैमा कार्यक्रम अन्तर्गत आज विभिन्न स्थानहरूमा वृक्षारोपण

पालुङटार नगरपालिकाकाे १५ अाै नगरसभाबाट पारित नीति, याेजना तथा कार्यक्रम अनतर्गत वनकाे बादर वनैमा कार्यक्रम कार्यन्वयन गर्ने क्रममा मिति २०८१/०३/०५ मा भएकाे वन उपभोक्ता समिति

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

भक्तपुर जिल्ला अदालतबाट १३ वर्ष ९६ वर्ष कैद भुक्तान भएन  

सन्जिब दुलाल  भक्तपुर । भक्तपुर जिल्ला अदालतबाट १३ सय ९६ वर्ष ६ महिना ३ दिन कैद तथा जरिवाना भुक्तान बाँकी रहेको पाइएको छ ।  भक्तपुर

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

पालुङटार नगरपालिका ७ मा बालमैत्री स्थानीय शासन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

साउन ४, गाेरखा । गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्ली मा एस ओएस बालग्राम गण्डकी को आयोजना तथा पालुङटार नगरपालिका वडा नं. ७ को

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

गोरखामा गौ हत्या आरोप लागेका २ बालक अभिभावकको जिम्मामा, एक जना पुर्पक्षका लागि कारागार चलान

गौ हत्या आरोप लागेका गोरखाका एक युवकलाई अदालतको आदेशले पुर्पक्षका लागि कारागार चलान गरिएको छ । कारागार चलान हुनेमा धार्चे गाउँपालिका–२ केरौजा घर भई हाल

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

पालुङटार ७ मा परिवार सबलीकरण कार्यक्रम सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्ली मा एस ओएसकोआयोजनामा परिवार सबलीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। पालुङटार नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

चन्द्रागिरि केबलकारमा यात्रुहरू अड्किए

काठमाडौं- चन्द्रागिरि केबलकारमा यात्रुहरू अड्किएका छन् । विद्युत सेवा अवरुद्ध हुँदा यात्रु डिब्बामै अड्किएका हुन् । अवरुद्ध विद्युत सेवा सञ्चलानमा आउन समय लाग्ने भएकोले डिब्बामा फसेका

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.