तनहुँ १८ जेठ
तनहुँमा मंगलबार साँझ आफैले चलाएको ट्याक्टरले थिचेर एक व्यक्तिको मृत्यु भएको छ ।
मृत्यु हनेमा जिल्लाको ऋषिङगाउँपालिका घर भएका २८ बर्षीय भीमबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । सोही ट्याक्टरमा सवार रहेका ट्याक्टर सहचालक भने बाँच्न सफल भएका छन् ।
व्यासनगरपालिका–५ चापघाटबाट झापुटार तर्फ जाँदै गरेको ग १ त २६३२ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब चालिस मीटर तल खस्दा ट्याक्टरले थिचेर थापाको मृत्यु भएको हो ।
ट्याक्टर चालकको घट्नास्थलमै मृत्यु भएको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो ।
मृतकको शव पोष्टमार्टमको लागि दमौली अस्पतालको शवगृहमा राखिएको छ भने ट्याक्टर क्रेनको माध्यमबाट बाहिर निकाल्ने प्रयास भैरहेको उहाँले बताउनुभयो । –––
आफैले चलाएको ट्याक्टरले थिचेर चालकको मृत्यु
Facebook Comments Box