गाेरखा, बैशाख २९ गते
गाेरखाकाे पालुङटार नगरपालिकामा रहेकाे लिचि ब्लक एरियामा १७ हाते ट्याक्टर सहितका कृषि सामग्री बितरण गरिएकाे छ ।
नगरपालिकाकाे वडा नं. ६, ७ र ८ लाइ लिची ब्लक एरियाकाे रूपमा घाेषणा गरिएकाे छ । यसै एरियामा रहेर लिची खेती गरिरहेका लिची किसानहरूलाइ लक्षित गरी हरेक बर्ष कृषि सामग्री बितरण गर्ने गरिएकाे छ । यसै क्रममा हिजाे लिची किसानहरूमध्ये वडा नं. ६ मा २ वटा हाते ट्याक्टर, वडा नं. ७ मा ८ वटा हाते ट्याक्टर र वडा नं. ८ मा ७ वटा हाते ट्याक्टर बितरण गरिएकाे लिची ब्लकका अध्यक्ष भाेज बहादुर गुरूङले जानकारी दिनुभयाे । उक्त ट्याक्टर किसानहरूलाइ ५० प्रतिशत अनुदानमा बितरण गरिएकाे पनि अध्यक्ष गुरूङले बताउनुभयाे । उहँाका अनुसार ७ हर्षपावरका रू.७०,००० पर्ने उक्त ट्याक्टरहरू किसानहरूलाइ रू३५,००० मा बितरण गरिएकाे छ ।
त्यस्तै गरी वडा नं. ६ मा एउटा, वडा नं. ७मा ५ वटा र वडा नं. ८ मा ५ वटा प्लाष्टिक पाेखरी बितरणकाे पनि तयारी भइरहेकाे अध्यक्ष गुरूङले बताउनुभयाे । प्लाष्टिक पाेखरीका लागि भने ८५ प्रतिशत अनुदानमा कृषकहरूलाइ बितरण गरिने बताइएकाे छ ।
यस अघि नै कृषकहरूलाइ अावश्यक पर्ने डिजिटल काँटा, कराैंती, सिकेचर लगायतका सामग्रीहरू बितरण गरिसकिएकाे छ । यस क्षेत्रबाट हरेक बर्ष कराेडाैंकाे लिची बाहिरिने गर्दछ ।