शिवरात्रीकाे तयारी पूरा, २७ गते दिप प्रज्वलन तथा जाग्रामसहित बिबिध कार्यक्रम हुने

गाेरखा,

फागुन २५

गाेरखाकाे पालुङ्टार नगरपालिका वडा नं. ७ खाेलाघाटस्थित मंगलेश्वर महादेव मन्दिरमा हुने शिवरात्री धार्मिक तथा सांस्कृतिक कार्यक्रमकाे तयारी पूरा भएकाे छ ।

सबै प्रकारका तयारी पूरा भइसकेकाे र अाजबाट कार्यक्रम शुरू हुने मंगलेश्वर महादेव शिवरात्री मेला व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण भण्डारीले बताउनुभएकाे छ। उहँाका अनुसार २५ र २६ गतेका दिन बिहान ६ बजेदेखि १० बजेसम्म भजन किर्तन गरिनेछ । त्यस्तै गरी साँझ ६ बजेदेखि १० बजेसम्म बिभिन्न साँस्कृतिक कार्यक्रमहरूकाे अायाेजना गरिएकाे छ ।

२७ गते शिवरात्रीकाे दिन पनि ६ बजेदेखि १० बजेसम्म निरन्तर भजन किर्तन तथा पूजापाठ गरिनेछ । १० बजेदेखि याम्पाफाँटस्थित प्रगति महिला समूहकाे बिशेष अायाेजनामा शिव पुरायण कार्यक्रम गरिनेछ । साेही दिन मन्दिरकाे कार्यालय भवनकाे उदघाटन कार्यक्रम पनि रहेकाे छ । त्यस्तै साँझ ४ बजेदेखि बिबिध साँस्कृतिक कार्यक्रमहरू हुनेछन भने दिप प्रज्वलन सहित रातभर रात्रीजाग्राम र भजन किर्तनका कार्यक्रमहरू हुनेछन् ।

अाजैदेखि बेलुकी पालुङटार नगरपालिका वडा नं ७ भित्रका बिभिन्न समूहहरूकाे प्रेस्तुती रहने र प्रस्तुति दिनेहरूमध्येबाट उत्कृष्ट हुनेलाइ नगर पुरस्कार  सहित मायाकाे चिनेा प्रदान गरिनेछ ।

Facebook Comments Box
By गोर्खा संसार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.