जुवा खेल्दाखेल्दै समातिएका गाेरखाका १२ जुवाडेबिरूद्द मुद्वा दर्ता

जुवा खेलेर प्रहरीले नियन्त्रणमा लिएको १२ जना बिरुद्व जिल्ला प्रशासन
कार्यालयमा मुद्वा दर्ता गरिएको छ । गोरखा नगरपालिका ४ पन्थेश्वाराँ
क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको १२ जना बिरुद्व आज (सोमबार)
प्रशासनमा मुद्वा दर्ता भएको हो । प्रशासनले प्रहरीलाई १० दिनको समय दिएर
अनुसन्धान गर्न भनेको छ ।प्रहरीले नियन्त्रणमा लिएको घरबेटी ईश्वर
खनखवास सहित १२ जना बिरुद्व प्रशासनमा मुलुकी अपराध संहित २०७४
अन्तरर्गतको १२५ दफा अन्रतर्गत सार्वजानिक हित, स्वास्थ्य, सुरक्षा बिरुद्व
मुद्वा दर्ता गराएको हो ।पक्राउ परेको विरबहादुर गिरी, फजल मियाँ, विपीन
श्रेष्ठ, लिलाजंङ थापा, नबिन थापा, मन्जित थापा, सुरज कुवर, कृण्णबहादुर
खनखवास, राम थापा, बिनोद खनखवास र खुमबहादुर बिकलाई प्रहरीले हिजो
मध्येराती प्रहरी निरिक्षक सिमोन घितालको कमाण्डको टोलीले जुवा खेली

रहेको घरबाट नियन्त्रणमा लिन सफल भएको थियो ।प्र.नि. घितालको प्रहरी
टोलीले जुवा खालबाट १ लाख ४६ हजार १५ रुपैयाँ नगद र ३९ थान कौडा समेत
बरामद गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.