रविन्द्र कंडेल
२ साउन
गोरखा ।
गोरखाको पालुङ्टार नगरपालिकाको शिक्षा शाखाले सिकाई संयोजक तोकेको छ ।
नगरपालिकाको शिक्षा शाखामा बसेको प्रधानाध्यापकहरुसँगको संयुक्त बैठकले सो निर्णय गरेको हो । शिक्षा बिज्ञान तथा प्रविधी मन्त्रालयले जारी गरेको बैकल्पिक प्रणालीबाट बिद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७ कार्यान्वयन तथा अनुगमन गर्ने र सिकाइलाई प्रभावकारी बनाउने उदेश्यले सिकाई संयोजक तोकिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम काराखेतीले जानकारी दिनुभयो ।
उहाँका अनुसार हरेक वडामा रहेका उच्चतम बिद्यालयका प्रधानाध्यापकहरु संयोजक रहेका छन भने फिडर बिद्यालयका प्रधानाध्यापकहरु सदस्य रहेका छन् । उच्चतम बिद्यालयका प्रधानाध्यापक (संयोजक) ले समन्वय गरी वडाभित्रको सिकाई सहजीकरणको अनुगमन गरिनेछ ।
बिश्वमहामारीको रुपमा रहेको कोरोना भाइरसका कारण नेपालमा चैत्र महिनादेखि नै बिद्यालयहरु ठप्प रहेको अवस्थामा बैकल्पिक रुपमा सिकाइका लागि मन्त्रालयले निर्देशिका जारी गरी अघि बढेको छ ।
शिक्षा शाखाले हाललाई मन्त्रालयले तोकेबमोजिम बैकल्पिक सिकाई अन्तर्गत बिभिन्न टेलिभिजनहरुबाट प्रशारण भइरहेको कार्यक्रम मार्फत गरिएको सिकाइको अनुगमन गर्न निर्देशन दिएको छ भने बिभिन्न स्थानीय एफ.एम.हरुबाट पनि कार्यक्रमको प्रसारण गरिरहेको छ ।
पालुङ्टार नगरपालिकाले तोक्यो सिकाइ संयोजक
Facebook Comments Box