गाेरखा : गोरखाको पालुङटार नगरपालिका को अायोजनामा संञ्चालन भएको “ महिला जनप्रतिनिधि र महिला कर्मचारीहरु “को २ दिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ। उप-प्रमुख संग महिला कार्यक्रम अन्तर्गत महिला कर्मचारी तथा महिला जनप्रतिनिधिहरुको क्षमता अभिवृद्धी गर्ने उदेश्यले यो कार्यक्रम संञ्चालनमा आएको हो।
उक्त कार्यक्रममा सहभागी भएका महिला कर्मचारी तथा जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिदै पालुंङटार नगरपालिकाकि उपमेयर पम्फा बसेलले भन्नुभयो , नगरपालिकामा कार्यरत हामी सबै महिला कर्मचारी र जनप्रतिनिधिहरु लाई कार्य सम्पादनमा सधैंभर एकैनासको परिस्थिति नहुनेभएकोले हामीले आफ्नो क्षमता अभिवृद्धी गर्न आवश्यक छ।
नगरपालिकामा न्यायीक समितीकि संयोजक समेत रहेकी उपमेयर बसेलले कार्यपालिकामा कार्यरत नयाँ महिला कर्मचारी र हालै सरकारले समायोजन गरेर पठाएका कर्मचारीहरु लाई जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध र भुमिका कस्तो हुनुपर्छ ? सुनसान कायम कसरी गर्ने?,सुसान भनेको केहो?बालबालिकाहरुको बिकास योजना र अधिकारका लागी गर्ने पहल बारे प्रष्ट पार्नु भएको थियो ।
नगरपालिकामा कार्यरत कर्मचारी र जनप्रतिनिधि सबै जनताको सेवक भएकोले हाम्रो भुमिका समान र सहयोगी भावनाको हुनुपर्छ भन्दै बसेलले यस्तै अभिवृद्धी कार्यक्रमले सबैलाई प्रेरित र जागरुक बनाउने आफूमा बिस्वस्नियता रहेको बताउनु भयो।त्यस्तै सो कार्यक्रम लाई थप सहजिकरण गर्नको लागि नगर प्रमुख ईन्जिनियर दिपकबाबु कंडेल, नुरजंग शाह, नानुमायाँ सुनार, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्मा, लेखा अधिकृत सुवन शर्मा लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो।