कोरोना भाइरसबाट २७ सय भन्दा बढीकाे मृत्यु

२२ फागुन ।

 चीनबाट सुरु भएर विश्वका २ दर्जन बढी मुलुकमा फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसबाट २७ सय जना भन्दा बढीकाे मृत्यु भइसकेकाे छ ।

पछिल्लो विवरणअनुसार, इरानमा १२, दक्षिण कोरियामा ९, इटलीमा ७, डायमण्ड प्रिन्सेसमा ४, हङकङ २, जापान, फिलिपिन्स, ताइवान र फ्रान्समा एक/एक जनाको ज्यान गएको छ ।

कोरोनाको संकेत देखिएका २७ हजार ६६८ जनाले स्वास्थ लाभ गरिसकेका छन् ।

पछिल्लो पटक चीनमा ५०९, दक्षिण कोरियामा ६० र इटलीमा २ जना कोरोना भाइरसको संकेत देखिएको छ ।

८० हजारभन्दा बढीमा कोरोनाको लक्षण

चीनको हुवेबाट सुरु भएको भनिएको कोभिड १९ भाइरसको लक्षण ८० हजार १५० जनामा देखिएको एजेन्सीहरूले जनाएका छन् । जसमध्ये दुई हजार ४९१ चीनको मुख्य भूमि बाहिरका छन् ।

कोरोनाको लक्षण चीन बाहिर सबैभन्दा बढी दक्षिण कोरियामा ८९३ जनामा देखिएको छ । दक्षिण कोरियामा २२ जनाले स्वास्थ्य लाभ गरिसकेका छन् भने ५ जना सिकिस्त छन् ।

नेपालसहित श्रीलंका, फिनल्याण्ड, इजिप्ट, कम्बोडिया र बेल्जियममा एकरएक जनामा भाइरसको लक्षण देखिएको र उनीहरू सबैले स्वास्थ्य लाभ गरिसकेका छन् ।

सिकिस्त बिरामीमध्ये मृत्युदर ९ प्रतिशत छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.