गोरखा पौष ६ गते।
गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीस्थित ओशो कैलाश ध्यान केन्द्रले अन्तर्राष्ट्रिय ध्यान दिवसका अवसर पारेर एक अन्तरक्रिया कार्यक्रम सहित भर्खरै विद्यावारिधि हासिल गर्नुभएका डक्टर रविन्द्र कडेललाई सम्मान गरेको छ।
विश्व ध्यान दिवसको महत्व तथा बोधिसत्व आनन्द अरुण स्वामीज्यूको योगदान विषयक अन्तरक्रिया कार्यक्रम आश्रमका सञ्चालक स्वामी प्रेम सुवास को अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै पालुङटार नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष अर्जुनबहादुर कुमालले ध्यानको महत्व तथा आश्रम निर्माण गरी यस क्षेत्रमा स्वामी प्रेम सुबासले पुर्याउनुभएको योगदान को चर्चा गर्नुभएको थियो। पालुङ्टार नगरपालिका वडा नम्बर ७ मा अवस्थित रहेको ओमकार योग आयुर्वेद गुरुकुलका गुरु पण्डित पण्डित गोविन्द रेग्मीले ध्यान, योग र यसमा धर्मको सम्बन्ध लगायतका विषयमा चर्चा गर्दै आफ्ना भनाइहरु राख्नुभएको थियो॥ त्यस्तैगरी कार्यक्रममा पूर्व नगर प्रमुख इन्जिनियर दीपक बाबु कडेल, भर्खरै विद्यावारिधि हासिल गरी सम्मानित हुनुभएका समाजसेवी व्यक्तित्व डाक्टर रविन्द्र कँडेल, पालुङटार नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष होपबहादुर नेपाली, बन्दीपुर गाउँपालिका वडा नम्बर १ का पूर्व वडाध्यक्ष भानुभक्त पोखरेल, नेकपा माओवादी केन्द्र पालुङटार नगरपालिका वडा नम्बर ७ का पूर्व अध्यक्ष देवीलाल कुमाल, सचिव ओम प्रकाश गुरुङ, पवित्रा मावि नाहालाका प्रधानाध्यापक सरोज सुवेदी, कालिका सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष राजु कुमार लगायतकाले शुभकामना मन्तव्य राख्नुभएको थियो!

एक तथ्याङ्क अनुसार विश्वमा भएका मानिसहरू मध्ये २५% मानिसहरूमा कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्या रहेको बताइएको छ यस परिवेशमा ध्यानले मानसिक स्वास्थ्य समस्यालाई समेत समाधान गर्न महत्वपूर्ण योगदान पुग्ने कैलाश आश्रमका सञ्चालक स्वामी प्रेम सुवासले कार्यक्रममा बताउनुभएको थियो।
कार्यक्रमको सञ्चालन स्वामी कल्याण मित्रले गर्नुभएको थियो।
स्वामी अरुण आनन्दले विगत १० वर्षअघिदेखि ध्यान दिवसलाई अन्तर्राष्ट्रिय रुपमा मनाउनुपर्छ भन्दै विभिन्न क्षेत्रमा लबिङ गर्दै आइरहनुभएको थियो। यसै सन्दर्भमा गत डिसेम्बर ७ तारिखका दिन संयुक्त राष्ट्रसङ्घले निर्णय गरी डिसेम्बर २१ अर्थात् आजका दिनलाई अन्तर्राष्ट्रिय ध्यान दिवसको रुपमा मनाउने निर्णय गरेपश्चात आज अन्तर्राष्ट्रिय रूपमा पहिलो ध्यान दिवस मनाइएको हो।
