लोकल रक्सी ब्रान्डिङको लागि नगरपालिका र सामुदायिक सिकाई केन्द्रको साझेदारी

गोरखा संसार संवाददाता

गोरखा नगरपालिका र गोर्खा सामुदायिक सिकाई केन्द्रले लोकल रक्सी ब्रान्डिङ गर्नको लागि साझेदारी गर्दै कार्यक्रमहरू अघि बढाइरहेको छ।

सोही कार्यक्रम अन्तर्गत दोस्रो चरणको छलफल कार्यक्रम सम्पन्न भएको छ।

गोरखा सामुदायिक सिकाइ केन्द्र र गण्डकी विश्वविद्यालय बिचमा नेपाली गोरखा नगरपालिकामा उत्पादन हुने कोदोको गुणस्तरीय धरेलु मोर्चा र रक्सी कसरी तयार गर्ने र यसको व्यावसायिकरण गरी स्थानिय महिला समुदायको आयआर्जनमा सहयोग पुर्याउन सकिन्छ भनी दोस्रो चरणमा छलफल भएको छ। यस कार्यक्रममा स्थानीय महिला समुदायले उत्पादन गरेको रक्सीको गुणस्तरका लागि ल्याव परीक्षण गरिएको प्रतिवेदन पनि प्रस्तुत गरियो। यसैगरी विश्वविद्यालयबाट तयार पारिएको विश्वमा नै पहिलो नयाँ खोज र परीक्षण गरिएको मर्चाबाट स्थानीय समुदायले तयार पारेको रक्सी पनि परीक्षणका लागि सङ्कलन गरिएको गोर्खा सामुदायिक सिकाई केन्द्रका अध्यक्ष विश्वेश्वर कट्टेलले जानकारी दिनुभयो
कार्यक्रममा विश्वविद्यालयका कुलपति प्रा.डा. नवराज देवकोटा, गोरखा नगरपालिका प्रमुख कृष्णबहादुर राना, सिकाइ केन्द्रका विश्वेश्वर कट्टेल र वडा -८अध्यछ्य ऋषि खत्रीको सक्रियतामा उक्त कार्यक्रम भएको थियो। कार्यक्रममा विश्वविद्यालयका प्राविधिक दिपेन्द्र गिरी, संस्थाका सदस्य सानुमाया वस्नेत परिचालक सपना आले को विशेष सक्रियता रह्यो। कार्यक्रममा परीक्षण गरिएका ६ वटा नमुना रिपोर्ट उपकुलपति ले प्रस्तुत गर्नुभएको थियो।गोरखामा वार्षिक २ अरव भन्दा वढी रकम को विभिन्न कम्पनीहरूबाट उत्पादन गरिएका रक्सी बिक्री हुँदै आइरहेको विक्रेताहरूको दाबी रहेको छ।

Facebook Comments Box
By गोर्खा संसार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.