मुग्लिन सडक खण्डमा पहिरोसहित ढुंगा खसेर लाग्दा बसका चालकको मृत्यु

चितवन: नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरोसहित ढुंगा खसेर लाग्दा बसका चालकको मृत्यु भएको छ। बुटवलबाट काठमाडौं आउँदै गरेको लु २ ख ६५६६ नम्बरको बसका चालक नवलपरासी ४ सुनवलका ३६ वर्षीय मेगनाथ बिकको मृत्यु भएको हो।
गम्भीर घाइते भएका उनलाई उपचारका लागि भरतपुर पठाएकोमा उपचारका क्रममा मृत्यु भएको सशस्त्र प्रहरी बलमा सहप्रवक्ता शैलेन्द्र थापाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। शुक्रवार बिहान ३ बजेको समयमा चितवनको भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा उक्त घटना भएको हो।

बसका यात्रु भने सकुशल रहेको सहप्रवक्ता थापाले बताए । पहिरोपछि सडक एकतर्फी अवरोध भएको र खुलाउन सशस्त्रको १७ नम्बर गण चितवनबाट २० जनाको टोली र नेपाल प्रहरी परिचालन भएको उनले जानकारी दिए । बाटो खुलाउन सडक डिभिजनसँग पनि समन्वय भइरहेको उनको भनाइ छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.