गण्डकी प्रदेश सभाका सभामुख पालुङटार ७ बिरुवाटारमा

जनतासँग सभामुख कार्यक्रम अन्तर्गत गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ कार्यालयमा हिजो गण्डकी प्रदेश सभाका सभामुख माननीय कृष्ण धिताल आउनुभएको थियो । उहाँले जनताहरूसँग भेटघाट गर्ने र जनताका गुनासाहरु बुझ्ने उद्देश्यका साथ गाउँ गाउँमा आएको बताउनु भएको थियो । वडा कार्यालयको सभाहलमा भएको एक कार्यक्रममा बोल्दै उहाँले जनताहरुले आफ्नो समस्या बोकेर मन्त्रालय अर्थात् प्रदेश धाउनुपर्ने अवस्थालाई अन्त्य गर्नका लागि र जनताका समस्याहरु सँग प्रत्यक्ष साक्षात्कार गर्दै समाधानका उपायहरु खोजी गर्नका लागि आफू गाउँ गाउँ हिँडेको बताउनुभयो। सो क्रममा बोल्दै उहाँले स्याङ्लीका विभिन्न समस्याहरु नयाँ पुल बिरुवाटार जोड्ने सडक कृषि क्याम्पस औद्योगिक क्षेत्र लगायतका विषयवस्तुहरुलाई समाधान गर्नको लागि आफूहरुले प्रयास गरिरहेको र सम्बन्धित निकायहरूमा समन्वय गरिरहेको पनि बताउनुभयो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.