गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्ली स्थित च्याङ्ली म्याङ्गो गार्डेन रिसोर्ट नजिकै सडकमा आज रातको ९ बजेको समयमा एक बाघ (चितुवा) मृत अवस्थामा फेला परेको छ !
सोही स्थान नजिकै आज बिहान एक चितुवाले दुईजनालाई आक्रमण गरेको थियो।
गोरखाको पालुङ्गटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा बाघको आक्रमणबाट दुई जना घाइते भएका छन्। घाइते हुनेहरुमा खोलाघाटका ७६ वर्षका गनबहादुर कुमाल र ६० वर्षका राजमान कुमाल रहेका छन् / उनीहरुलाई बिहानै बाघले आक्रमण गरेको थियो !
राजमान कुमाल बिहानै मर्स्याङ्दी नदीमा माछा मार्न जान लागेका बखत बाटोमा एक्कासी जम्का भेट हुँदा बाघले आक्रमण गरेको बताउनुभयो ! बाघले एक्कासी आफूलाई आक्रमण गरेपछि माछा मार्ने घम्काले आफूले पनि बाघलाई हिर्काएको र त्यसपछि बाघ भागेको कुमालले बताउनुभयो ! त्यस्तैगरी गनबहादुर कुमाललाई केही समयपछि घाँसको बिउ लिएर आउने क्रममा आक्रमण गरेको बताइएको छ राजमान कुमालको साप्रामा चोट लागेको छ भने गनबहादुर कुमालको घाटीमा चोट लागेको छ। दुवै जनाको अवस्था सामान्य रहेको छ गनबहादुर कुमाललाई भने घाटीमा र नशामा चोट लागेको कारणले गर्दा उपचारको लागि भरतपुर अस्पताल पठाइएको अस्थायी प्रहरी पोस्ट बिरुवा टारले जानकारी दिएको छ !
यस्तै दुई दिन अगाडि मात्रै पालुङटार ८ निवासी जितमान कुमारलाई पनि बाघले आक्रमण गरेको थियो। यसरी बाघले आक्रमण गर्न थालेपछि स्थानीयहरु त्रसित भएका छन् भने बाघको नियन्त्रणमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने र सर्वसाधारणले सावधानी अपनाउनुपर्ने देखिएको छ !