काठमाडौं ।
पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार राजधानी काठमाण्डाैको बानेश्वरबाट पक्राउ परेका छन् ।
प्रतिनिधी सभाका पूर्व सदस्य समेत रहेका रौनियारलाई बाँके जिल्लामा रहेकाे ठगी मुद्दाकाे अाधारमा पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।
बाँके जिल्लामा मुद्दा दर्ता भएकाे भएपनि उनी काठमाण्डाै बस्दै अाएका कारण बाँके प्रहरीले काठमाण्डाै प्रहरीलाइ पक्राउकाे लागि अनुराेध गरेकाे थियाे ।
रौनियारको पप्पु कन्स्ट्रक्सनले नेपालभरका बिभिन्न स्थानहरूमा ठूलाे याेजनाहरूकाे ठेक्का लिएर काम पूरा नगरेका धेरै योजना रहेका छन् । जसका कारण उनी पटक पटक विवादमा मुछिंदै अाएका थिए ।
Facebook Comments Box
Post Views: 172