तनहुँ जिल्लाको सर्बाधिक पुरस्कार राशीको १७ औं भानु कप फूटबल प्रतियोगिताको फाइनलमा लिभिक कन्ट्रक्सन शुक्ला र च्याङ्ली स्पोर्ट क्लब गोर्खा भिड्ने भएका छन् ।
श्निबार भएको सेमीफाइनल खेलमा लिभिक कन्ट्रक्सन शुक्लाले फ्रेण्डसिप युवा क्लब भानु(३ खहरेलाई १ – ० गोल अन्तरले हराउँदै लिभिकले फाईनलको यात्रा तय गरेको हो भने दोस्रो सेमिफाइनल खेलमा च्याङ्ली स्पोर्ट क्लब गोर्खाले २ – ० को गोलको अन्तरमा सुर्यपुर एफसी चितवनलाई हराउँदै फाईनलमा पुगेको खेल समितिका संयोजक विष्णु अधिकारीले बताउनु भएको छ ।
फाईनल खेल २७ गते आइतबार २ बजे शुरु हुने र समापनका अवशरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व वन मन्त्री एवं संघीय साँसद शंकर भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम हुने प्रचार प्रशार समितिका संयोजक सुभाष सापकोटाले बताउनु भयो ।
नाईन ए साईडको फूटबल प्रतियोगिता १९ साउनदेखी सुरु भै २७ गते समापन हुने छ । भानुलाई रास्टिय रुपमा चिनाउने उदेश्यले प्रतियोगिता गरिएको खेल संयोजक भरत बानियाँले जानकारी दिनुभयो । भानुकप २०५९ साल देखि शुरु भएको भएपनि कोभिडका कारण केही समय रोकिएको थियो । अहिले अवस्था सहज भएपछि प्रतियोगितालाई निरन्तरता दिइएको भन्सार युवा क्लबका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले बताउनुभयो ।
खुल्ला नकआउट फुटबल प्रतियोगिताका लागि विभिन्न संघ संस्था र समाजसेवीहरुबाट आर्थिक सहयोग आउने क्रम जारी रहेका आर्थिक संयोजक सोम तामाङले जानकारी दिए ।
भन्सार युवा परिवार,सालबिस्ने र भिमसेन युवा क्लबको संयुक्त आयोजनामा फुटबल प्रतियोगिता संचालन गरिएको हो । प्रतियोगितामा प्रथम हुने टिमले २ लाख ५० हजार २११ रुपैयाँ नगद सहित मेडल,ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै दित्तिय हुनेले एक लाख २५ हजर २११ रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । सेमीफाईनलमा पुग्ने २ टिमलाइ २५ हजार २ सय ११ र प्रमाणपत्र , उत्कृष्ट खेलाडीलाई नगद रु ५ हजार २११ ट्रफी,मेडल, प्रमाणपत्र , उत्कृष्ट गोल रक्षकलाई नगद रु ५ हजार २ सय ११ ट्रफी,मेडल,प्रमाणपत्र , सर्बाधिक गोलकर्तालाई नगद ५ हजार २ सय ११ र ट्रफी,मेडल,प्रमाणपत्र प्रदान गरिने प्रचार प्रसार समितिका राजेश कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार अनुशासित टिमलाई उचित पुरस्कार साथै प्रत्येक खेलमा म्यान अफ दि म्याचको घोषणा गरिएको छ । प्रतियोगितामा २४ टिमको सहभागिता रहेको थियो ।
त्यसैगरी आईतबार हुने छेलो तर्फ प्रथम पुरस्कार ६ हजार २ सय ११ र प्रमाणपत्र र बाघचाल तर्फ प्रथम पुरस्कार ६ हजार २ सय ११ , प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
उक्त खेलमा म्यान अफ द म्याच लिभिक कन्ट्रक्सन ,,काजर्सी न.४ सङ्गम ठकुरी घोषित भए।
त्यस्तै गरि च्याङ्ली स्पोर्टस क्लब गोरखा र सुर्यपुर यफसी चितवन बीच भएको दोस्रो सेमिफाइनल खेलमा ० का बिरुद्द २ गोल गर्दै च्याङली स्पोर्टस गोर्खा फाइनल प्रवेश गरेको छ।
उक्त खेलमा म्यान अफ द म्याच च्याङली स्पोर्टस क्लब गोर्खाका जर्सी न १ गोल रक्षक केशर कोइराला घोषित भए।