तनहुँ जिल्लाको सर्बाधिक पुरस्कार राशीको १७ औं भानु कप फूटबल प्रतियोगिता शनिबारबाट सुरु हुँदै


श्रावण १८ , भानु / डिपि अधिकारी
तनहुँ जिल्लाको सर्बाधिक पुरस्कार राशीको १७ औं भानु कप फूटबल प्रतियोगिता भोलि शनिबारबाट शुरु हुँदैछ । खेल संयोजक बिष्णु अधिकारीका अनुसार ९० प्रतिशत भन्दा बढी तयारी पुरा भएको छ । खेलको तयारी बारे जानकारी लिन भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले खेल मैदानको निरीक्षण समेत गर्नु भएको छ । सो अवशरमा उहाँले भानुभक्त आचार्यको जन्मस्थल भानु नगरपालिकामा खेलको आयोजना गरिएको हुँदा नगरपालिकाकै गौरबको विषय भएको र नगरपालिकाको प्रतिष्ठा समेत जोडिएकाले सवैले आ आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गर्दै खेलाडि, दर्शक र पाहुनाहरुलाई सहज रुपमा खेल हेर्न ब्यवस्था गर्नका लागि आयोजकलाई निर्देशन दिनुुभएको छ ।
भानु नगरपालिका १ भन्सार स्थित खेलमैदानमा प्रतियोगिता भोलिबाट शुरु हुने खेलको गण्डकी प्रदेशका जलश्रोत तथा सिँचाई मन्त्री फडिन्द्र देवकोटाले दिउँसो १ बजे उद्घाटन गर्ने कार्यक्रम तय भएको प्रचार प्रसार समितिका संयोजक सुभास सापकोटाले जानकारी दिनुभयो । उद्घाटन खेल साबिक विजेता सेभेन स्टार युवा क्लब भानु १ साजबोटे र योङ्ग ब्वाईज एफसी चितवन बीच खेल हुने उहाँले जानकारी दिनुभयो । नाईन ए साईडको फूटबल प्रतियोगिता १९ साउनदेखी सुरु भै २६ गते समापन हुने छ । भानुलाई रास्टिय रुपमा चिनाउने उदेश्यले प्रतियोगिता गरिएको खेल संयोजक भरत बानियाँले जानकारी दिनुभयो । भानुकप २०५९ साल देखि शुरु भएको भएपनि कोभिडका कारण केही समय रोकिएको थियो । अहिले अवस्था सहज भएपछि प्रतियोगितालाई निरन्तरता दिइएको भन्सार युवा क्लबका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले बताउनुभयो ।
खुल्ला नकआउट फुटबल प्रतियोगिता भएकाले विभिन्न ठाउँबाट २४ वटा टिमबाट खेलाडीले सहभागिता जनाउने खेलाडीलाई आकर्षण गर्न प्रत्येक बर्ष पुरस्कारको राशी पनि वृद्धि गराउदै गैरहेको आर्थिक संयोजक सोम तामाङले जानकारी दिए ।
भन्सार युवा परिवार,सालबिस्ने र भिमसेन युवा क्लबको संयुक्त आयोजनामा फुटबल प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा प्रथम हुने टिमले २ लाख ५० हजार २११ रुपैयाँ नगद सहित मेडल,ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै दित्तिय हुनेले एक लाख २५ हजर २११ रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । सेमीफाईनलमा पुग्ने २ टिमलाइ २५ हजार २ सय ११ र प्रमाणपत्र , उत्कृष्ट खेलाडीलाई नगद रु ५ हजार २११ ट्रफी,मेडल, प्रमाणपत्र , उत्कृष्ट गोल रक्षकलाई नगद रु ५ हजार २ सय ११ ट्रफी,मेडल,प्रमाणपत्र , सर्बाधिक गोलकर्तालाई नगद ५ हजार २ सय ११ र ट्रफी,मेडल,प्रमाणपत्र प्रदान गरिने प्रचार प्रसार समितिका राजेश कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार अनुशासित टिमलाई उचित पुरस्कार साथै प्रत्येक खेलमा म्यान अफ दि म्याचको घोषणा गरिने छ । प्रतियोगितामा २४ टिमको सहभागिता रहेको छ ।
त्यसैगरी छेलो तर्फ प्रथम पुरस्कार ६ हजार २ सय ११ र प्रमाणपत्र र बाघचाल तर्फ प्रथम पुरस्कार ६ हजार २ सय ११ , प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

Facebook Comments Box
हाम्राे सेराेफेराे
गोर्खा संसार

लाखेनाच प्रतियोगितामा डुम्रे नेवा: पुच डुम्रे प्रथम

भाद्र २२ पालुङटार / रबिन्द्र कँडेलगाेर्खाकाे पालुङटारकाे बिरुवाटारमा शनिबार भएकाे लाखे नाच प्रतियोगितामा डुम्रे नेवा पुच, डुम्रे प्रथम बनेकाे छ भने प्रथम पुरस्कार नगद रु

सबै पढनुहोस »
हाम्राे सेराेफेराे
गोर्खा संसार

बन्दिपुरकाे तीजगीत प्रतियोगितामा एकता मगर समाज प्रथम

भाद्र २२ बन्दिपुर / डिपि अधिकारीतनहुँको पर्यटकीय नगरी बन्दिपुरमा जारी तीज सप्ताहन्न उत्सव शनिबार सकिएकाे छ । उक्त कार्यक्रम अन्तरगत भएकाे तीज गीत प्रतियोगितामा एकता

सबै पढनुहोस »
हाम्राे सेराेफेराे
गोर्खा संसार

पालुङटार ७ मा आयोजना गरिएको तीज गीत प्रतियोगितामा सिर्जना महिला समूह प्रथम

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा वडास्तरीय महिला सञ्जालको आयोजनामा आज सम्पन्न भएको तीज गीत प्रतियोगितामा सिर्जना महिला समूह प्रथम भएको छ।कोठाभित्रका नौ टिमको

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

पछिल्लाे पटक प्रधानमन्त्री बनेपछि पहिलाेपटक बिदेश भ्रमणमा जाँदै

२१ भदौ, काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा अोली पछिल्लाे पटक प्रधानमन्त्री बनेपछि पहिलाेपटक बिदेश भ्रमणमा जाने हुनुभएकाे छ । पछिल्लाे पटक असार ३० गते प्रधानमन्त्री

सबै पढनुहोस »
हाम्राे सेराेफेराे
गोर्खा संसार

नेपालवार इकाइ तनहुँद्वारा तनहुँ जिल्ल अदालतमा अनिश्चित कालीन धर्ना

शंकरराज नहर्की। तनहुँ १७ भदौ २०८१ सोमवार । नेपालबार इकाई दमौली ,तनहुँले तनहुँ जिल्ला अदालतमा आजबाट अनिश्चितकालीन धर्ना सुरु गरेको छ।इकाईले तनहुँ जिल्ला अदालतको मुख्य

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

बन्दिपुरमा आयोजित तीज सप्ताहन्न उत्सवको महानायक हमालद्वारा उद्घाटन

पर्यटकीय एवं सांस्कृतिक ग्राम बन्दीपुरमा शनिबारबाट आयोजित तीज सप्ताहन्न उत्सव–२०८१ को महानायक राजेश हमालले उद्घाटन गरेका छन् ।तनहुँ जिल्लामै सर्वाधिक पुरस्कार रासीको साताव्यापी तीज गीत

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.