पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ।

पुर्णे पिपल खेलमैदानमा क्लबका अध्यक्ष सुर्यलाल कुमालको सभापतित्वमा सुरु भएको खेलकुद कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै पालुङ्टार नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष अर्जुन बहादुर कुमालले खेलकुद क्षेत्रबाट बालबालिकाको सर्वाङ्गीण विकास हुने बताउँदै खेलकुद क्षेत्रमा आफूहरुले लगानी गर्दै आइरहेको बताउनुभयो। सो अवसरमा बोल्दै खेलकुदबाट शारीरिक मानसिक रुपमा तन्दुरुस्त हुने हुनाले खेलकुदमा प्राथमिकता दिनुपर्ने बताउनुभयो।

खत्रीटार युवा क्लब र बिरुवाटार युवा क्लब बीच भएको उद्घाटन खेलमा खत्रीटार युवा क्लब २ _0 गोल अन्तरले विजयी भएको क्लबका अध्यक्ष सूर्यलाल कुमारले जानकारी दिनुभयो ॥

प्रथम पूर्णे पिपल कप २०८० नाम दिइएको उक्त फुटबल प्रतियोगितामा वडा नम्बर ७ भित्रका सातवटा फुटबल टिमहरु सहभागी रहेका छन् । चैत्र २४ गतेदेखि सुरु भएको खेल को फाइनल खेल भने २६ गते हुने आयोजकले बताएका छन् उक्त प्रतियोगितामा प्रथम र द्वितीय हुने समूहलाई क्रमश नगद रु १० हजार र ५००० का साथमा ट्रफी मेडल र प्रमाणपत्र वितरण गरिनेछ ।

२६ गते हुने समापन कार्यक्रममा पालुङटार नगरपालिकाका नगर प्रमुख एवं उपप्रमुखको समेत उपस्थिति रहने क्लबका अध्यक्ष कुमारले जानकारी दिनुभएको छ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.