लघुकथा : बल्छी -सुदर्शन कँडेल

लघुकथा : बल्छी
-सुदर्शन कँडेल

*****
“तपाईंको नाम ?” पुलिसले सोध्यो ।
” निशा कोईराला ” उसले कापेको स्वरमा भनी ।
” अनि यो माला गुरुङ्ग भन्ने चाहिँ को हो त ? ” पुलिसले ल्याप्टपमा देखाउदै सोध्यो ।
उ मौन बसि ।

पुर्बि पहाडी जिल्लाबाट ए एल सि पास गरि १०/१२ बर्ष अगाडि काठ्माण्डु छिरेकी हो निशा कोईराला। खै कसको सँगतमा परेर गाँजा खान थालेकी उसले बिस्तारै ड्रग्सका डोजहरु बढाउन थाली । पछि खर्चले धान्न नसके पछि डान्सबारतिर काम थाली । त्यस पछि ३/४ बर्ष गुमनाम भएकी उ एकाएक माला गुरुङ्ग भएर निस्की । बिस्तारै उसले आफुलाई बृटिश लाहुरेको श्रीमतीको रुपमा चिनाउन थाली । उसको लगाई खुवाई हिडाई अलि स्ट्यान्डर्ड हुन थालिसकेको थियो ।

*****
सुशान राईको फेसबुकमा नयाँ फ्रेन्ड रिक्वेस्ट आयो । उसले असेप्ट गर्‍यो । कुराकानी बाक्लिदै गयो । मायाप्रेम यौन सबकासब कुरा हुन थाले । रात परे पछि भिडियो अन हुन थाले । उत्तेजित फोटो हरु शेयर हुन थाले ।

*****
एकदिन भेट भयो । जसरी कुरा हुन्थ्यो, त्यसरी नै सबथोक भयो । बियरको नशा माथी यौनको नशा थपे । तर उसले चलाखीपुर्ण रूपमा सुक्ष्म क्यामेरा बाट जेजे भयो सब रेकर्ड गरि । उ गए पछि भिडियो एडिट गरेर आफ्नो अनुहार ब्लर गरि । अनि सुरु गरि शुशान माथी ब्ल्याकमेल ।सुरु सुरुमा थोरै थोरै पैसाको लागि म्यासेन्जरमा शेयर भएको फोटोको प्रयोग गरि । पछि भिडियो देखाएर लाखौँ लाखको माग गर्न थाले पछि बाध्य भएर सुशानले प्रहरिमा लिखित निवेदन दियो ।

*****
निशा कोईराला उर्फ माला गुरुङ्ग र सुशान राई दुबैको प्रारम्भिक बयान सकिएपछि इन्स्पेक्टरले प्रहरी हवल्दारलाई भन्यो ” हल्दार साप, उहाँ निशा उर्फ मालाजि लाई साईबर क्राईमको मुद्दामा म्याद थप गरि हिरासतमा राखी हाल्नोस, खोज्नु पर्छ अरु कति सुशानहरु बल्छिमा परेका छन ।”

5 फेब्रुअरी 2018

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.