पत्रकार महासङ्घ तनहुँको अध्यक्षमा डीपी अधिकारी निर्वाचित

दमौली २९, मंसिर
नेपाल पत्रकार महासंघ तनहुँको २७ औं महाधिवेशन शुक्रबार सम्पन्न भएको छ । अधिवेशनबाट डिपी अधिकारी अध्यक्ष पदमा निर्वार्चित हुनुभएको छ । अधिकारीले ३३ मत प्राप्त गरी बिजयी हुनुभएको हो । कूल कूल ५१ मत मध्ये ४४ मत खसेकोमा अधिकारीले ३३ मत प्राप्त गरी बिजयी भएका हुन् । उहाँका निकटतम प्रतिद्धन्द्धी नारायण खड्काले ११ मत प्राप्त गरी पराजित हुनभयो ।  त्यसैगरी उपाध्यक्षमा प्रताप रानाले ३० मत प्राप्त गरी बिजयी बन्नुभयो । उहाँका निकटक प्रतिद्धन्द्धी साने बहादुर नेपालीले ११ मत प्राप्त गर्नुभयो । त्यसैगरी सचिव पदमा कृष्ण न्यौपानेले ३६ मत प्राप्त गरी बिजयी बन्नुभयो । उहाँका निकटतम प्रतिद्धन्दी अस्मिता खनालले १६ मत प्राप्त गर्नुभयौ । सहसचिव पदमा ऋषिकान्त दुवाडीले ३० मत प्राप्त गरी बिजयी बन्नुभयो । उहाँका निकटतम प्रतिद्धन्दी बिनोद ढुंगानाले १३ मत प्राप्त गर्नुभयो ।
त्यसैगरी सदस्य पदमा विकास खनालले ४१,बिष्णु गौतमले ३६,उपेन्द्र खनाल र राजेश्वर हड्खलेले ३० –३० मत प्राप्त गरी बिजयी बन्नुभयो । उहाँका निकटतम प्रतिद्धन्द्धी अशोक विश्वकर्माले ११ मत प्राप्त गरी पराजित बन्नुभयो । सहसचिव लगायत केही पदहरूमा भने सर्वसम्मति भएको थियो।

Facebook Comments Box
By गोर्खा संसार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.