सांसदहरुको नाराबाजीपछि संसद् बैठक स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको नाराबाजीपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। एमाले सांसदहरुले वेल घेराउ गरेर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले बैठक २० मिनेटका लागि स्थगित गरेका हुन् ।

प्रतिनिधिसभा बैठकमा सत्ता पक्षका सांसदहरूले प्रतिपक्षी दलका नेताले भ्रष्टाचार गरेको भनेर निराधार आरोप लगाएको भन्दै एमाले सांसदहरूले प्रतिनिधिसभाको बैठकमा अवरोध सिर्जना गरेका हुन् । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले गत बुधबार संसद बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई पशुपतिनाथको गजुरमा सुन भनेर पित्तलको जलप हालेको आरोप लगाएका थिए ।

एमाले प्रमुख सचेतक पदम गिरीले माओवादीका तर्फबाट माफी नमाग्दासम्म बैठक चल्न नदिने बताए । त्यसपछि एमालेले नाराबाजी शुरू गरेको थियो।

Facebook Comments Box

सकारात्मक सोँच तथा तनाव व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

प्यूठान जिल्लास्थित सुरक्षाकर्मीहरूलाई लक्षित ‘सकारात्मक सोँच तथा तनाव व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम’ आइतबार सम्पन्न भएको छ ।जिल्ला प्रहरी कार्यालय प्यूठानको आयोजना, जिल्ला प्रशासन कार्यालय प्यूठानको

सबै पढनुहोस »

जनमुखी उपभोक्ता सहकारी संस्था लिमिटेडको चौथो साधारणसभा सम्पन्न

जनमुखी उपभोक्ता सहकारी संस्था लिमिटेडको चौथो साधारणसभा सम्पन्न भएको छ॥ पालुङटार नगरपालिका वडा नम्बर ७ को सभाहलमा भएको कार्यक्रम सहकारीका अध्यक्ष मन बहादुर कुमालको अध्यक्षता

सबै पढनुहोस »

राष्ट्रिय सभा निर्वाचनमा गण्डकी प्रदेशबाट किरण, पदम र मनरुपा विजयी

पोखरा — राष्ट्रिय सभा निर्वाचनमा गण्डकी प्रदेशबाट गठबन्धनका तीनजना उम्मेदवार विजयी भएका छन् । बिहीबार साँझ सार्वजनिक मतपरिणामअनुसार अन्य क्लस्टरमा कांग्रेसका किरणबाबु श्रेष्ठ, अपांगता/अल्पसंख्यकतर्फ पदमबहादुर

सबै पढनुहोस »

तनहुँको भानुमा दोस्रो राष्ट्रिय कृषि जैविक दिवश मनाईयो

माघ ७, भानु तनहुँको भानुमा दोस्रो राष्ट्रिय कृषि जैविक दिवश मनाईएको छ । “ कृषि जैविक विविधता हाम्रो अमूल्य सम्पदा, संरक्षण एवं दिगो उपयोग हाम्रो

सबै पढनुहोस »

च्याङली सामुदायिक सिकाई केन्द्र काे अध्यक्षमा पुन: कंडेल

च्षाङली सामुदायिक सिकाई केन्द्र काे दशाैं बार्षिक साधारणसभा तथा दाेश्राे अधिबेशनले पुन: रबिन्द्र कंडेलकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकाे छ । माघ ६ गतेका दिन

सबै पढनुहोस »

नवौं छपेली कप फुटबल प्रतियोगिताको उपाधि सिद्धगुफाको पोल्टामा

माघ १, डिपि अधिकारी तनहुँको बन्दीपुर गाउँपालिका– १ छापमा गत पौष २० गतेबाट शुरु नवौं छपेली कप खुल्ला सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधि सिद्धगुफाले

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.

© Copyright 2024 gorkhasansar.com. | Gorkha Sansar Media Pvt. Ltd. All rights reserved. Powered by Ecommerce Sathi