दुर्घटनाका कारण चालककाे स्वास्थ्य

चितवन, पुस २३–

केही दिनअघि माडी नगरपालिकामा ट्याक्टर दुर्घटना भयो । चालकको छातीको हड्डी भाँचियो । उनको अस्पतालमा उपचार भइरहेको छ । वसन्तपुरबाट चिरौली जाँदै गरेको ना७त ३७८५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा माडी नगरपालिका वडा नम्बर १ का ४२ वर्षीय दयाराम महतो घाइते हुनुभएको हो । दुर्घटना पुस १९ गते भएको थियो ।

यस्तै केही दिनअघि भरतपुर महानगरपालिकाको गोन्द्राङ्मा म्याजिक भ्यान दुर्घटना भयो । जसमा मानवीय क्षति हुन पाएन । यी दुवै घटनाका कारण थियो चालकको शारीरिक अवस्था । माडीमा भएको दुर्घटनामा चालकमा उच्च रक्तचापको समस्याले भएको हो भने टिकौलीमा भएको दुर्घटना चालकमा छारेरोग भएकाले दुर्घटना भएको पाइएको छ ।

यसरी सडकमा सवारी दुर्घटना हुँदा चालक अस्वस्थ रहेको पाइएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालयसँग समन्वयमा मौलाकालिका अस्पताल भरतपुरले आज अस्पताल परिषरमा लामो तथा छोटो दूरीका सवारी साधनका चालकका निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । स्वास्थ्य परीक्षणमा आउनु भएका चालक राजकुमार गुरुङ्ग सवारी चालकको नियमित स्वास्थ्य परीक्षण गर्न आवश्यक रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “केही दिनअघि सँगै म्याजिक चलाउने साथीको गोन्द्राङ्मा दुर्घटना भयो । आखिर उसलाई छारे रोग रहेछ ।”

यस्ता दुर्घटनाले चालक मात्र नभएर सवारी यात्रा गरिरहेका यात्रु र सडकमा पैदल यात्रा गरिरहेकाहरु समेत असुरक्षित बनेको सवारी चालकले नै बताएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्ट चालकमा हुने दीर्घरोग पनि सडक दुर्घटनाका कारणमध्ये एक रहेको बताउनुहुन्छ । चालकको स्वास्थ्यका कारण १५ प्रतिशत दुर्घटना हुने गरेको उहाँको भनाइ छ । नियमित स्वास्थ्य परीक्षण गर्ने र स्वास्थ्य अवस्थ सुधार नभएसम्म सवारी नचलाउन उहाँले चालकलाई आग्रह गर्नुभयो ।

मौलाकालिका अस्पतालका सञ्चालक डा. रमेश घिमिरेले चालकको स्वास्थ्य भनेको यात्रुको सुरक्षासँग प्रत्यक्ष जोडिने भएकाले अस्पतालले यो कार्यक्रम गरेको बताउनुभयो । समुदायप्रति उत्तरदायी हुने क्रममा समाजमा यस्ता कार्यक्रम मौलाकालिका अस्पतालले विभिन्न समयमा गर्दै आएकोमा यस वर्ष चालकको स्वास्थ्य परीक्षण गरिएको उहाँको भनाइ छ । अस्पतालले आजको क्याम्पमा स्वास्थ्य परीक्षण गर्न आउने चालकका लागि पछि पनि अस्पतालमा २० प्रतिशत छुटको व्यवस्थासमेत गरेको छ । सो अवसरमा ७५ जना सवारी चालकको स्वास्थ्य परीक्षण गरिएको थियो । तीमध्ये अधिकांशलाई मधुमेह र उच्च रक्तचापको समस्या देखिएको घिमिरेले जानकारी दिनुभयो । रासस

Facebook Comments Box

पालुङ्टार नगरपालिकामा दोश्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम

मिति २०८० चैत्र १५ गते बिहिबार पालुङटार नगरपालिकाको आयोजनामा पालुङटार नगरपालिका वडा नं. ९ स्थित वडा कार्यालयको परिसरमा वडा नं. ९ का वडा अध्यक्ष भेजराज

सबै पढनुहोस »

महिला, बालबालिकामन्त्री र फिनल्याण्डका राजदुतविच शिष्टाचार भेट

काठमाडौं । आज बिहीबार माननीय मन्त्री भगबती चौधरीज्यू र नेपाल लागि फिनल्याण्डका राजदुत रिना रिक्का हेक्काको शिष्टाचार भेट भएको छ । मन्त्रालयमा आयोजित भेटमा दुई

सबै पढनुहोस »

सकारात्मक सोँच तथा तनाव व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

प्यूठान जिल्लास्थित सुरक्षाकर्मीहरूलाई लक्षित ‘सकारात्मक सोँच तथा तनाव व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम’ आइतबार सम्पन्न भएको छ ।जिल्ला प्रहरी कार्यालय प्यूठानको आयोजना, जिल्ला प्रशासन कार्यालय प्यूठानको

सबै पढनुहोस »

जनमुखी उपभोक्ता सहकारी संस्था लिमिटेडको चौथो साधारणसभा सम्पन्न

जनमुखी उपभोक्ता सहकारी संस्था लिमिटेडको चौथो साधारणसभा सम्पन्न भएको छ॥ पालुङटार नगरपालिका वडा नम्बर ७ को सभाहलमा भएको कार्यक्रम सहकारीका अध्यक्ष मन बहादुर कुमालको अध्यक्षता

सबै पढनुहोस »

राष्ट्रिय सभा निर्वाचनमा गण्डकी प्रदेशबाट किरण, पदम र मनरुपा विजयी

पोखरा — राष्ट्रिय सभा निर्वाचनमा गण्डकी प्रदेशबाट गठबन्धनका तीनजना उम्मेदवार विजयी भएका छन् । बिहीबार साँझ सार्वजनिक मतपरिणामअनुसार अन्य क्लस्टरमा कांग्रेसका किरणबाबु श्रेष्ठ, अपांगता/अल्पसंख्यकतर्फ पदमबहादुर

सबै पढनुहोस »

तनहुँको भानुमा दोस्रो राष्ट्रिय कृषि जैविक दिवश मनाईयो

माघ ७, भानु तनहुँको भानुमा दोस्रो राष्ट्रिय कृषि जैविक दिवश मनाईएको छ । “ कृषि जैविक विविधता हाम्रो अमूल्य सम्पदा, संरक्षण एवं दिगो उपयोग हाम्रो

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.

© Copyright 2024 gorkhasansar.com. | Gorkha Sansar Media Pvt. Ltd. All rights reserved. Powered by Ecommerce Sathi