नयाँ पुस्तालाई अघि बढाउन प्राबिधिक शिक्षाको खाँचो – मन्त्री किरण गुरुङ

अश्विन १ तनहुँ
गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री किरण गुरुङले नयाँ पुस्तालाई अघि बढाउन प्राबिधिक शिक्षाको खाँचो रहेको बताउनुभएको छ । भानु निर्जला नेत्रेश्वर जनजागृति मा. वि.को शैक्षिक तथा धार्मीक महोत्सवको उद्घाटन समारोहलाई समबोधन गर्नु हुँदै मन्त्री गुरुङले नयाँ पुस्तालाई अघि बढाउन प्राबिधिक शिक्षाको खाँचो रहेको बताउनुभएको हो । प्रदेश सरकारले शिक्षा नितिमा परिमार्जन गरी प्राविधिक शिक्षा तर्फ जोड दिने योजना बनाएको भन्दै मन्त्री गुरुङले महायज्ञले प्रदेश सरकारको नीतिमा थप टेवा यु¥याउने कुरामा विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री गुरुङले एक फरक प्रसंगमा हामीहरुले केहि गर्न सक्दैनौ भन्ने सोच त्यागेर हामीले चाहेमा जे पनि गर्न सकिन्छ भन्ने खालको सकरात्मक सोचको बिकास गर्नु पर्नेमा जोड दिनुभयो । सोहि अबसरमा उहाँले अरुलाई दोष लगाउने र गाली गर्ने सोचमा परिवर्तन गर्नु पर्ने धारणा व्यक्त गर्दै सबैले इमान्दारीता पुर्वक आफ्नो कर्तव्य पालना गर्नु पर्नेमा जोड दिनुभयो । अहिले सामाजिक सञ्जाललाई दुषित पार्ने काम गरिएको भन्दै उहाँले नकरात्मक कुराका पछि लाग्नु भन्दा पनि सकरात्मक सोचका साथ अघि बढ्न सकेमा मात्र समृद्ध नेपाल निर्माणको कामलाई पुर्णता दिन सकिने उहाँको भनाई छ । गण्डकी प्रदेश सबै विषयबस्तुमा धनी भएको भन्दै मन्त्री गुरुङले यस प्रदेशमा महत्वपुर्ण धार्मीक स्थलहरु रहेको र साँस्कृतिक रुपमा पनि यस प्रदेश भित्र सबै संस्कृतिका समुदायको बसोवास रहेकोले पनि यस प्रदेश धरै कुरामा धनी भएको बताउनुभएको छ ।

Back to top button