आँबुखैरेनी गाँउपालिकामा भोलीदेखि प्रमुख प्रशासकिय अधिकृत फेरिने

आँबुखैरेनी, ३१ भदौ

तनहुँको आँबुखैरेनी गाँउपालिकामा भोलीदेखि प्रमुख प्रशासकिय अधिकृत फेरिने भएको छ । विगत पाँच वर्ष देखि आँबुखैरेनीमा सेवा गर्दै आउनुभएका प्रमुख प्रशासकिय अधिकृत दुर्गा थापाको गृह मन्त्रालयमा सरुवा भएको छ । थापाको सरुवा भएसँगै आँबुखैरेनीमा नयाँ प्रशासकीय अधिकृतको रुपमा नुवाकोटको शिवपुरी गाँउपालिकाबाट पर्वतका श्री कृष्ण पौडेल आउने भएको आँबुखैरेनी गाँउपालिकाले जनाएको छ । लामो समय आँबुखैरेनीमा रहि सेवा गर्नुभएका थापाको यतिबेला आँबुखैरेनीमा विभिन्न संघसंस्थाहरुले विदाईको कार्यक्रम चलाईरहेको छ । थापाले सुरुमा आँबुखैरेनी गाविस हुदाँदेखि जिम्मेवारी सम्हाल्नु भै आँबुखैरेनी नगरपालिका र स्थानीय तह पूर्नसंरचना पश्चात गाँउपालिकाको प्रमुखको जिम्मेवारीको समेत अनुभव संगाल्नु भएको थियो । आफ्नो विदाईमा भावुक हुदै थापाले आफुले आँबुखैरेनी र आँबुखैरेनीबासीको माया र सद्भावलाई सदा सम्झिरहने बताउनुभयो । कुनैदिन नेपाल सरकारले खटाएको अवस्था पुनः आँबुखैरेनीमा आउन सक्ने सम्भावना रहेको पनि उहाले बताउनुभयो ।

Back to top button