डुङ्गा दुर्घटना हुँदा बेपत्ता भएकाहरुको खोजी कार्य जारी

कास्कीको बेगनास तालमा डुङ्गा दुर्घटना हुँदा बेपत्ता भएकाहरुको खोजी भैरहेको छ । नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय डुंगा ब्यबसायिहरु उध्दारमा खटिएका छन् । बेगनास तालमा हिजो डुङ्गा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको थियो भने ६ जना बेपत् भएका थिए । वेपता हुनेमा पोखरा बाग्लुङ्ग बसपार्ककी १८ बर्षिया मनिसा बजगाई, चितवन गैडाकोटका ३२ वर्षिय रवि खनाल, बालकहरु आठवर्षका शिब खनाल, ७ वर्षका शंकर खनाल र ५ बर्षका प्राचिन पौडेल तथा पोखराकै ४ वर्षका बालक रंजित गैरे रहेका छन् । उद्धार गरिएका मध्ये चितवनकी निसा पौडेलको लेखनाथ सामुदायिक अस्पतालमा उपचार भैरहेको छ भने अन्य एक जना उपचार पछि घर फर्किएका छन् ।

Back to top button