

टोकियो, भदौ १९ सन्तोष बस्नेत
जापानमा गएको करिब २५ वर्षपछिकै ठूलो आँधी आएको छ । सो आँधीका कारण जापानमा ठूलो क्षति पुगेको बताइएको छ । समाचार तयार पार्दासम्म घाइते हुनेहरुको संख्या १६० जनाभन्दा बढि छ । जापानमा २५ बर्ष यताकै शक्तिशाली मानिएको जेबी नाम दिइएको यो सिजनको २१ औ ताइफु सो आँधी प्रतिघण्टा २ सय १६ किलोमिटरको गतिमा अगाडि बढिरहेको र यसले यहाँको जनजीवन अस्तव्यस्त बनाइदिएको छ । जेबी’ नाम दिइएको सो आँधी प्रतिघन्टा २१६ किलोमिटरको गतिमा आएको मौसमविद्हरुले जनाएका छन् ।