रेडक्रस साेसाइटि गाेरखा जिल्ला शाखाले  साेसाइटि स्थापनाकाे 56 औ वर्ष मनायाे

राजेन्द्र न्याैपाने, गाेरखा ।

नेपाल रेडक्रस साेसाइटि गाेरखा जिल्ला शाखाले  साेसाइटि स्थापनाकाे 56 औ वर्ष मनाएकाे छ । सम्वत 2020 भाद्र 19 गते नेपाल रेडक्रस साेसाइटिकाे स्थापना भएको थियाे । स्थापनाकै वर्ष माघ ४ गते जेनेभा महासन्धिमा हस्ताक्षर गरेपछि सम्वत 2021 मा नेपाल अन्तर्ाषि्टय रेडक्रस र अाइसिअारसिकाे सदस्यता प्राप्त गर्न सफल भएको थियाे । द्वन्द र विपदकाे समयमा नेपाल सरकारसँग मिलेर काम गर्दै अाएकाे रेडक्रस पछिल्लाे समय साझेदार दातृ निकायहरुकाे सहयाेगमा खानेपानि, स्वास्थ्य,जिविकाेपार्जन लगायतका क्षेत्रमा काम गर्दै अाएकाे छ । स्थापना दिवसकाे अवसर पारेर नेरेसाे गाेरखाले अाज विहान कार्यलय परिसरमा जा हेनरि ड्युनाकाे तस्विरमा माल्यर्पण गरेकाे छ । जिल्ला भित्र रहेका 25 उपशाखाहरुले विभिन्न कार्यक्रम गरि रेडक्रस दिवस मनाएकाे जिल्ला शाखा गाेरखाले जनाएको छ ।यसैविच अाज घ्याल्चाेक उपशाखाकाे नव निर्मित भवनकाे जिल्ला शाखाका सभापति भगवानबाबु मास्केले उद्घघाटन गर्नु भएको छ ।2071 सालमा स्थापना भएको उपशाखाले अाफ्नै पहलमा भवन निर्माण गरेकाे हाे । उपशाखा भवन उद्घघाटन गर्दै सभापति मास्केले उपहाखाहरु स्थानिय स्तरमा नै सबल हुनुपर्ने बताउनु भयाे । घ्याल्चाेक उपशाखाबाट अन्य उपशाखाले पाठ सिक्नुपर्ने उहाकाे भनाइ छ । उपशाखालाइ चलायमान बनाउन विभिन्न कार्यक्रम ल्याउने उहाँले बताउनुभयाे । कार्यक्रममा जिल्ला समन्वय समिति गाेरखाकि उपाध्यक्ष जानुका खनालले जिल्लाका सबै वडामा रेडक्रसकाे उपशाखा निर्माणमा जाेड दिनुपर्ने बताउनु भयाे । कार्यक्रममा शाखाका उपसभापति माेहन ढकाल, शँकर बहादुर कुवर, मन्त्रि राजेन्द्र न्यौपाने लगायतले मन्तव्य राख्नुभएको थियाे । कार्यक्रम उपशाखासभापति चिरञ्जीवी रेग्मिकाे अध्यक्ष्ाता र सचिव गाेविन्द रेग्मिकाे सञ्चालनमा सम्पन्न भएको थियाे ।

Back to top button