

गाेरखा, भाद्र २०
पालुङ्टार नगरपालिका वडा नं. ८ स्थित अकला मा.वि.को पक्की आठकोठे भवनको आज एक कार्यक्रमका बीच शिलान्यास गरिएको छ । वडा नं. ८ का वडाध्यक्ष शंकरराज कंडेलको अध्यक्षतामा सम्पन्न शिलान्यास कार्यक्रमका विद्यालयकी छात्रा कञ्चन अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रदेश सभासद हरिशरण आचार्य र नगरप्रमुख दिपकबाबु कंडेल ले विद्यालय भवन निर्माणमा जापानी दुतावासले गरेको सहयोगको कदर गर्दै खुसीसमेत व्यक्त गरेका थिए ।
राजदूल मासामिची साइगोले विनासकारी भूकम्पबाट नेपालमा पर्न गएको विपदप्रति आफू चिन्तित भएको र आफूले भवन निर्माणमा सहयोग गर्ने अवसर पाएकोमा खुसी व्यक्त गर्दै यस्ता सहयोगले जापान र नेपालबीचको सम्बन्ध अझ मजवुद हुनेमा आफू विश्वस्त रहेको बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रहेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफू यस ठाउँमा जनयुद्धदेखि नै चिरपरिचित भएकोले यस क्षेत्रका समस्याहरुप्रति ज्ञात भएको बताए ।
यसअघि विद्यालयले सो भवन निर्माणको लागी कुनै सम्झौताविना नै एक ठेकेदारलाई २० लाख रुपैयाँ दिएपछि राजनितिक बृत्तमा समेत जाेडेर चर्चामा ल्याइएकाे थियो ।