अन्तर्राष्ट्रिय नेपाली समाज कतारको प्रथम अधिबेसन सम्पन्न

अन्तर्राष्ट्रिय नेपाली समाज कतार अर्थात भातृसंगठन नयाँ शक्ति पार्टी नेपालको प्रवास संगठनको प्रथम अधिबेशन सब्य र भव्यताका साथ सम्पन्न गरेको छ।३१ अगस्त २०१८ का दिन दोहाको सलवारोड स्थित ताज रेस्टुरेन्टको सभा हलमा सम्पन्न गरेको हो । संगठनका अधिवेसन आयोजक समिति संयोजक देव परियारको सभापतित्वमा नयाँ शक्ति पार्टी नेपालका केन्द्रिय कार्यकारी सदस्य एवं प्रवास बिभाग ईन्चार्ज देबेन्द्र पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा कतारमा स्थापित विभिन्न वैचारिक तथा सामाजिक संस्थाका प्रमुखहरु लगायत शुभकामना मन्तव्यको क्रममा प्रवासमा खोलिएको बैचारिक संगठन भएता पनि बिगतका दिनहरुमा सामाजिक कार्यहरुमा सहकार्य गर्दै आएको प्रशंसा गर्दै भबिस्यमा पनि सामाजिक र श्रमिक मुखी हुने अपेक्ष्या गरेको बताएका थिए ।कार्यक्रमका,सभापति प्रमुख अतिथि र बिशेष अतिथि द्वारा व्यानर अनावरणका साथै बिरुवामा पानी राखेर कार्यक्रमको उदघाट्न गरिएको थियो, भने समाजको तर्फबाट ध्रुब क्षेत्रिको स्वागत मन्तव्यबाट सुभारम्भ भएको उक्त कार्यक्रमलाई सम्बोधन गर्न क्रममा देबेन्द्र पराजुलीले पार्टीको लक्ष्य,उदेश्य लगायत नेपालको समसामुयिक राजनीतिक बिषयमा आफ्नो धारणा राख्दै दुई तिहाइ बहुमतको कम्युनिष्ट सरकारको काम प्रति आफु असन्तुष्टि रहेको बताए।जनताले अब बारम्बार असफल भएकालाई बिस्वास नगर्ने र विकल्प खोजेको हुनाले त्यो विकल्प नयाँ शक्ति रहेको बताउदै कतार एउटा मिनी नेपाल जस्तो रहेको महसुस आफुले गरेको बताउदै नेपालका युवा जनशक्तिहरु यसरि खाडीमा सस्तो श्रम बेच्नु बाध्य रहेको र नयाँ शक्तिले चाडै नै यसको विकल्प खोज्ने पनि बताउनु बताए।संगठनको प्रथम ऐतिहासिक अधिवेसनबाट सर्वसम्मत देब परियारको अध्यक्षतामा निर्बिरोध कार्यसमिति चेयन गरिएको छ। जसमा उपाध्यक्षहरुमा अनिल परियार, मनोज दाहाल, मिन बहादुर चलाउने र अब्दुल करिम मियाँ, प्रवक्ता सन्तोष तिमिल्सेना,महासचिबमा मान बहादुर डाँगी, सचिब नब लामिछाने र रामहरी खनाल,कोषाध्यक्ष रामजी सुबेदी, सह-कोषाध्यक्ष राजु नेपाली त्यसैगरी सल्लाहकार समिति संयोजक दुर्गा सुनार, सल्लाहकारहरुमा शिबराज भट्टराई ,धुर्ब क्षेत्रि ,बिरेन्द्र महतो र राजेन्द्र,पराजुली,बिज्ञ-परिषद संयोजकमा कमल घिमिरे,अनुशासन तथा अनुगमन एवं प्रशिक्षण बिभाग प्रमुख सि.सि. सुबेदी संगठन बिभाग प्रमुख रमेश सिंह खाति , युवा शक्ति अध्यक्ष नबिन रेग्मी, महिला शक्ति अध्यक्ष मेनुका श्रेष्ठ जनजाति विभाग अध्यक्ष बिजय तामाङ , दलित शक्ति अध्यक्ष तारा सुनार ,मधेश शक्ति अध्यक्षमा ललित महतो,क्षेत्रिय अध्यक्षहरु जसमा सनैया क्षेत्रको अध्यक्ष पुष्पराज भण्डारी ,दोहा क्षेत्रमा सुरज क्षेत्रि ,वक्रा बिष्णु बि.क,वकिरमा लक्ष्मण सुबेदी र सैलिया अर्जुन सुनार त्यसैगरी केन्द्रीय सदस्यमा राजु पुडासैनी , लक्ष्यमण नहावाग पाण्डे ,किरण परियार ,टोप बहादुर परियार,राज राई ,राजेन्द्र ताम्रकार ,राम बहादुर खड्का ,नारद तामाङ ,दिपेश लोप्चन,बिजय परियार ,कमलेश महतो ,दिपेन्द्र शाह ,शितल उप्रेती ,इन्दल यादब ,सकिल मिया ,नुस्ता इस्लाम मिया ,अमृत चौधरी ,इसाक भाइजान,अर्जुन सेडाई निर्वाचित भएका छन् ।निर्वाचित सम्पूर्ण पदाधिकारीहरुलाई प्रमुख अतिथि र विशेष अतिथि ज्यु हरु ले खादा लगाएर सम्मान गर्दै शुभकामना ब्यक्त दिए।उक्त्त कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरि ३ दर्जन युवाहरु नयाँ शक्ती पार्टी प्रबेश गरेका छन् नव प्रबेशीहरुलाई अध्यक्ष र प्रमुख अतिथीले खादा ओढाएर स्वागत गरेका थिए ।कार्यक्रमलाई भव्य र सव्य सु-सम्पन्न गर्न उपस्थित संघ-सस्थाकाका प्रमुख तथा प्रतिनिनिधि हरु ,कलाकारहरु, पत्रकार नयाँ शक्तिका अभियान्ता शुभचिन्तक सबै लाई धन्याबाद दिदै कार्यक्रम सम्पन्न भयको घोषणा गर्नुभएको थियो । कार्यक्रममा विभिन्न साँस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो भने कार्यक्रको सहजीकरण सन्तोष तिमिल्सेनाले गरेका पा.न.पा. ४ घर भइ हाल कतारमाा कार्यरत रामहरि खनालले जानकारी  दिनुभयाे ।

Back to top button