मन्त्री वस्नेत भन्छन -‘सरकारले इतिहासमै राम्रो काम गरेर देखाँउछ,विरोध गर्ने बेला भएको छैन’

 

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

गोरखा, १६ भदौ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले अहिलै सरकारको विरोध गर्ने वेला नभएको बताएका छन् । लियो क्लव अफ गोरखाले शनिवार अनाथ वालवालिकाको लागी सहयोगार्थ आयोजना गरेको सांस्कृतिक कार्यक्रमलाई सम्वोधन गर्दै बस्नेतले अहिलेको सरकार इतिहासमै सफल हुने दावी गरेका हुन ।

वस्नेतले भने‘सरकारको विरोधमा अभिब्यक्तिहरु आएका छन्, भर्खरै वजेट ल्याएको सरकारको अहिलै मुल्याङ्कन गर्ने वेला भएको छैन,एक वर्ष पछि हेर्नुस् सरकारले इतिहासमै राम्रो काम गरेर देखाउछ ।’

अहिलेको सरकारले जनताले देख्ने गरि काम गर्ने उनले प्रदेश सरकारको मातहतमा यहाँ पनि कार्यालय खुल्ने र प्रदेश सरकारको प्रतिनिधित्व गर्ने उनको बताए ।कार्यक्रममा क्लवका अध्यक्ष यम वहादुर वसेलको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका नगर प्रमुख राजनराज पन्त लगायतले मन्तब्य राखेका थिए भने राष्ट्रिय एवं कालिका सांस्कृतिक कला केन्द्रका स्थानीय कलाकारको सांगितिक प्रस्तुती रहेको थियो ।

Back to top button
Close