पालुङटारका लाखेहरुलाई जित्यो लम्जुङ सुन्दरबजारको लाखेले

गोरखा
पालुङटार नगरपालिका को वडा नं.४ र ५ को प्रवर्दनमा आज भएको लाखे नाच प्रतियोेगितामा सुन्दरबजार प्रथम भएको छ । पालुङटार नेवा गुठी समाजको अध्यक्ष धन प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको लाखे नाच प्रतियोगितामा प्रमुख अतिथिको रुपमा बोल्दै पालुङटार नगरपालिकाका प्रमुख इ. दिपक बाबु कंडेलले धर्म संस्कृति विस्तारै लोप भइरहेको अवस्थामा सवै जात जातिका धर्म संस्कृतिलाई जगेर्ना गर्दै अघि बढनुपर्नेमा जोड दिनुभएको थियो ।

जुनालाल श्रेष्ठले स्वागत गर्नुभएको सो प्रतियोगितामा २३ वटा नेवा समूहहरुले लाखे नाच प्रदर्शन गरेका थिए । पालुङटार नगरपालिकाको ठाँटीपोखरी बजारमा भएको लाखे नाच प्रतियोगितामा लम्जुङको सुन्दरबजार नेवार समाज प्रथम भएको छ । पालुङटार नगरपालिका वडा नं.४ र ५ को प्रवर्दनमा शनिवार सम्पन्न भएको लाखे नाच प्रतियोेगितामा सुन्दरबजार नेवा समाज प्रथम भएको हो । गोरखा लम्जुङ र तनहुँ तीन जिल्लाका १९ वटा नेवा समाजको सहभागितामा सम्पन्न भएको लाखेनाच प्रतियोगितामा आँपपिपल नेवा समाज पालुङटार द्धितीय भएको छ भने भोटेओडार नेवा समाज लमजुङ र तुरतुरे नेवा समाज तृतीय भएका छन । तीन जिल्लाका १९ वटा नेवा समाजले नेवार जातिले आ–आफ्नो परम्परागत भेषभुषा, संस्कार संस्कृति र बौद्धिकला झल्कने खालको नाचको प्रस्तुती प्रदर्शन गरेका प्रतियोगितामा प्रथम, द्धितीय र तृतीयले क्रमशः नगद रु.२०,०००, १०,००० र ५,००० सहित प्रमाण पत्र प्राप्त गरेका गरेका थिए । लाखेनाच प्रतियोगिताको प्रमुख अतिथि पालुङटार नगरपालिकाका नगरप्रमुख दिपक बाबु कडेलले कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै २०१५ सालमा तत्कालीन निर्माण मन्त्री गणेशमान सिंहले पालुङटार एयरपोर्टको उत्घाटन गरेर बस्ती बसालेको शहर भएको स्मरण गर्दै देशका नदीहरुले बनाएको सबैभन्दा ठूलो टार भएकोले यस ठाउँको छुट्टै बिषेशता रहेको स्पस्ट पार्नुभयो । उहाँले एक फरक प्रसंगमा यो दुनिया बेच्नेहरुको भएको भन्दै पालुङटार नगरपालिकामा होमस्टे बनाएर बिभिन्न जात जाती बिषेशले आ–आफ्नो जातीको संस्कृती बेच्नु पर्नेमा जोड दिनुभयो । उहाँले जातीगत संस्कृतीको जगेर्ना गर्नका लागी नेवार समुदायको भेषभुषा संरक्षण गर्न र भाषा संरक्षणका लागी पालुङटा

र नगरपालिकाले स

क्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पालुङटार नगरपालिकाका वडा नं. ५ का वडा अध्यक्ष दिपक पाण्डेले हाम्रो देश रेमिट्न्सले चलेको अनि संघियतामा गएपछि स्थानिय स्तरहरुमा नयाँ राजा जन्मीएकोले जनताले ठुलो करको समना गर्नु परेको बताउनुभयो । सोहिअबसरमा उहाँले जनताले तिरेको करले स्थानीय तहले आफ्नो क्षमता भन्दा ठूला र महङगा गाडी प्रयोग गरेकोमा आपत्ती जनाउनुभयो ।

 

लाखेनाच प्रतियोगिताको प्रथम पुरस्कार जएभुमी कन्ट्रनसनका सञ्चालक भरत देबकोटाले पुरस्कार प्रायोजन गर्नुभएको थियो । ठाँटीपोखरी नेवा समाजले आयोजना

गरेको कार्यक्रममा अबलोकन भ्रमणका लागी पालुङटार आइपुग्नुभएका थाहा नगरपालिकाका नगरप्रमुले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा पालुङटार नगरपालिकाको उपप्रमुख पम्फा बसेल, बिभिन्न वडाका वडा अध्यक्षहरु नेवा गुठीका प्रमुखहरु लगायत संघसंस्थाका प्रमुखहरुको उपस्थिती रहेको थियो ।

Back to top button